शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १५ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक आगामी चैत १८ गते बुधबार बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिनुभएको हो ।
विज्ञप्तिमार्फत समितिका सदस्यलाई निर्धारित समय र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन र समसामयिक साङ्गठनिक विषयमा छलफल हुने बुझिएको छ ।