शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १० गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागु औषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।
सुनसरीको इनरूवा नगरपालिका–४, बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँबाट सिराहाको गोलबजार नगरपालिका–४, निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेबाट दुई, बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो । रासस