शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विजयकुमार साह
ढल्केबर, चैत १० गते । धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्लेबरस्थित विक्रम थिङकाे घर अगाडि चितुवा देखिएको बताउनुभयो।
उहाँले केही दिन अगाडि चितुवाले एउटा बाख्रा खाइदिएको र अर्को एक बाख्रालाई घाइते बनाएको जानकारी दिनुभयो । जङ्गलको नजिक रहेको बस्तीमा चितुवा देखा परेको बारे डिभिजन वन कार्यालय धनुषालाई जानकारी गराएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष स्याङ्दनले बस्ती नजिक चितुवा देखिएपछि स्थानीय त्रसित भएको बताउनुभयो । डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले त्यसतर्फ गस्ती टोली पठाएको बताउँदै स्थानीयलाई सतर्क रहन आग्रह गर्नुभयो ।