• १० चैत २०८२, मङ्गलबार

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

blog

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ।

तेहरान, चैत १० गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धी मुलक वार्ता गरेपछि इरानी ऊर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताउनुभएको छ । यद्यपि इरानले भने वार्ता भएको कुरा अस्वीकार गरेको छ ।

यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्णरूपमा नखोलेमा सम्पुर्ण इरानी पुर्वाधार नष्ट गर्ने ट्रम्पको धम्कीपछि आक्रमण स्थगितको सुचना आएको जनाइएको छ । इरानले शान्ति वार्ताको दाबीलाई अस्वीकार गर्दै द्वन्द्वरत स्थिति कायम रहेको जनाएको छ । इरानी संसदका प्रमुख मोहम्मद बाघेर घालीबाफले तेहरान वासिङ्टनसँग वार्ताका लागि अझै तयार नभएको सुझाव दिनु भएको छ ।

इरानी जनताले आक्रमणकारीलाई सजायको माग गरेको गालिबफले ट्रम्पको टिप्पणीको जवाफमा उल्लेख गर्नु भएको छ । संयुक्त राज्य अमेरिकासँग कुनै वार्ता नभएको पुष्टि गर्दै उहाँले ट्रम्पको पछिल्लो प्रयास वित्तीय र तेल बजारलाई सहजीकरण गरी स्थिती सहज बनाउने बाहानाबाजी भएको बताउनु भएको छ ।

इरानको फार्स समाचार एजेन्सीले ट्रम्पसँग सम्पर्क नभएको बताएको छ, भने विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी सैन्य योजनाका लागि ऊर्जाको मूल्य घटाउने र वजार सन्तुलन गर्ने प्रयास भएको जनाएको छ । रासस/सिन्ह्वा