शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, चैत १४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८, शुक्रबारेबाट २५ केजी लागुऔषध गाजा बरामद भएको छ। सुनसरी प्रहरीले गाजा सहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको बेस क्याम्प चतराको संयुक्त टोलीले चतराबाट शुक्रबारेतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लास्टिकको बोरामा राखिएको गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने युवक देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय राकेश कुमार यादव हुनुहुन्छ। यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ।