शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नेत्र शाही
जुम्ला, चैत १३ गते । जुम्लाको तिला गाउँपालिकामा घरमा आगलागी हुँदा १५ वर्षका बालक क्षितिज खत्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घटना गएराति तिला गाउँपालिका–३ मा भएको हो।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालका अनुसार, राति बालकको घरमा मैनबत्ती बालेर आगलागी भएको अनुमान गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।
एसइई तयारीमा रहेका क्षितिज खत्री घरमा एक्लै सुतेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी मध्यरातमा घटनास्थल पुगेको र शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ।