• ११ चैत २०८२, बुधबार

सप्तरीमा सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी ।

धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ११ गते ।
सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजले दुर्घटनामा संलग्न प्रतिवादीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार जिल्लाको साविक रामपुर मल्हनिया गाविस वडा नं. ५ हाल हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्ने जामुन यादवका छोरा प्रतिवादी प्रशुराम यादवलाई पक्राउ गरेको हो । यादवले चलाएको स १ त ५०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा थिचिएर जितेन्द्रकुमार यादवको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

उक्त घटनापछि पक्राउ परेका चालक प्रशुराम यादवमाथि सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।