• ११ चैत २०८२, बुधबार

सञ्जीवनी टिचिङ हस्पिटल घोराहीमा एमआरआई शुभारम्भ

blog

हस्पिटलमा जडान गरिएको एमआरआई । तस्विरः सन्तोष दहित

सन्तोष दहित
दाङ, चैत ११ गते ।
दाङको घोराहीस्थित ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटलले सुविधासम्पन्न एमआरआई शुभारम्भ भएको छ ।

गत माघ मसान्तदेखि सञ्चालनमा आएको  ३०० शय्याको शिक्षण अस्पतालले एमआरआईसहित अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक रोकाले जानकारी दिनुभयो। हस्पिटलले माघ मसान्तदेखि सेवा दिने  आएको भएपछि एमआर आइसहित प्राविधिक, प्रशासनिकलगायतका सबै सुचारु भएको बताउनुभयो  ।

हस्पिटलले  एमआरआईसँगै सिटी स्क्यान, डिजिटल एक्सरे, मेमोग्राफी, अल्ट्रासाउण्ड, इसिजी, इकोकार्डियोग्राफी, इण्डोकोस्पकोपी, कोलोनोस्कोपीलगायतका उपकरणहरु समेत जडान गरिसकेको सिइओ रोकाले जानकारी दिनुभयो। त्यसैगरी हस्टिलले जनरल फिजिसियन, अर्थोपेडिक्स, गाइनोकोलोजी, जनरल सर्जरी, साइक्रायाट्रिक, डर्माटोली, पेडियाट्रिक, ग्यास्ट्रोइन्टेरोलोजी, कार्डियोलोजी, ईएनटी, डेन्टल, नेत्र रोगलगायतका विशेषज्ञ सेवाहरु प्रवाह गर्नेछ । यसैगरी, अस्पतालमा मिर्गौला डायलाइसिस, फिजियोथेरापीलगायतका सेवाहरु पनि उपलब्ध हुने हस्पिटलले  जनाएको छ ।

चार अर्ब लगानीमा बनेको  हस्पिटल आफ्नै स्वामित्वको पाँच विगाहा क्षेत्रफलमा फैलिएको ९ वटा अत्याधुनिक भवनहरु निर्माण गरिएका छन् । हस्पिटलले विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान  दिँदै आएको उहाँले बताउनुभयो ।