शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर,चैत ११ गते । नवलपुरमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका-६, टाँडीस्थित भित्री सडक खण्डमा चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह. ०५२६ नम्बरको अटोले बाटो क्रस गर्ने क्रममा पैदल यात्री सोही ठाउँका ७५ वर्षीय दुर्गाप्रसाद पाठकलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ ।
अटोको ठक्करबाट घाइते हुनु भएका पाठकको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
अटो चालक ५७ वर्षीय जुद्धबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।