• ११ चैत २०८२, बुधबार

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारद्वारा पत्रकार गौतम सम्मानित

blog

वीरगन्ज (पर्सा), चैत ११  गते ।  सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार इश्वरचन्द्र गौतम सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि  २५ हजार सहित  सम्मानपत्र रहेको छ । 

उहाँ राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत हुनुहुन्थ्यो ।  

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नव निर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सम्मान अर्पण गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतम अस्वस्थ हुनुभएकाले उहाँकै घरमा पुगेर सम्मान गरिएको जानकारी दिनुभयो । रासस