• २८ वैशाख २०८३, सोमबार

जुवातास खेल्दै गरेका नौ जना पक्राउ, ५९ हजार नगद बरामद

blog

कास्की समाचारदाता

कास्की, वैशाख २८ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्नेखेलाउने नौ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ५९ हजार र २१२ पत्ती तास समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार २६ वैशाखमा पोखरा–१७, रामदर्शन टोलमा जुवातास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

टोलीले साँझ ६ बजेको समयमा जुवातास खेलिरहेका उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच  दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।