• १८ कात्तिक २०८२, मङ्गलबार

करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक १८ गते । तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो । 

प्रनाउ बिकका अनुसार सोमबार राति करिब ११ बजेतिर सुयाल आफ्ना साथीसँग खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।  ४० वर्षीय रामबहादुर घर्ती र ५४ वर्षीय शुक्र घर्तीले रामबहादुरकै घरबाट बिजुलीको तार जोडेर खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा सुयाल करेन्टमा परेका थिए । गम्भीर घाइते भएका सुयाललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो ।