पर्यकीय क्षेत्रमा लगानी गर्ने उद्योगी व्यवसायीको योजना
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षहरूले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा लगानी बढाउने सङ्केत गर्नु भएको छ ।
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो।
चुनाव गराउनका लागि वातावरण तयार गर्नु पर्छ : नेता महासेठ
नेकपा एमालेका उपमहासचिव एवम पूर्व उपप्रधान मन्त्री रघुविर महासेठले अझै पनि देशमा चुनावी वातावरण तयार हुन नसकेको भन्दै निर्धारित फागुन २१ गते चुनाव गराउनका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
तिलौराकोट क्षेत्रका पुरातात्विक जग्गा अधिग्रहण गर्न मुआब्जा
प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।
त्रिशूली नदीमा दुई युवक बेपत्ता
गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् ।
बिर्सिइन लागेको वेदाङ्ग ज्योतिष
ज्योतिषशास्त्र भन्नेबित्तिकै चिना–टिप्पन बनाउने, फलादेश (कुण्डली–राशिफल लेख्ने–हेर्ने) भन्ने बुझाइ छ तर त्यसका लागि पनि ग्रहको गणित आवश्यक पर्छ । त्यसैले ज्योतिषशास्त्रलाई गणित र फलित गरी दुई भागमा बाँडेर अध्ययन तथा प्रयोग गरिन्छ ।
आरोहीका मार्गदर्शक एडमन्ड–तेन्जिङ
सन् १९५३ मे मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको १० वर्षपछिसम्म थप १३ जना सगरमाथाको शिखरमा पाइला टेक्न सके । सन् १९७३ सम्म आइपुग्दा सगरमाथा आरोहण गर्नेको कुल सङ्ख्या ३६ पुग्यो ।
नमुना सदरमुकाम निर्माण हुँदै
निर्धारित समयभन्दा ढिला काम सुरु गरिएको पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका कामले पछिल्ला दिनमा भने गति लिएको छ । यहाँको कावासोती नगरपालिका–३ स्थित १८७ बिघा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माण भइरहेको छ । २०७६ वैशाखमा सदरमुकाम निर्माण सुरु गरिए पनि छ वर्षसम्म काम अघि बढ्न सकेको थिएन । गत वर्षबाट मात्र निर्माण थालनी भएको हो ।
चौँरी गोठसँगै बदलिएको जीवन
हिमालको काखमा बसेर जीवन धान्नु आफैँमा निकै चुनौतीपूर्ण काम हो । कठोर मौसम, सीमित सुविधा र दुर्गम भूगोलबिच पनि केही मानिस यस्ता हुन्छन्, जसले यही कठिनतालाई अवसरमा रूपान्तरण गरेर जीवनलाई नवीनतम ढङ्गले अँगालिरहेका हुन्छन् ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार: मुख्य राजमार्गमै पहुँच सडक बनाइदिन दबाब
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको कामले गति लिएको छ । पछिल्लो समय सडक विस्तारको कामले गति लिएपछि राजमार्ग विस्तारका व्रmममा विभिन्न समस्या
छाडियो गण्डक नहरमा पानी
हिउँदे बाली सिँचाइका लागि गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । नारायणी नदीमा बनाइएको त्रिवेणीस्थित गण्डक बाँधबाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्र सिँचाइका लागि बनाइएको नहरमा गत साताबाट पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुभयो ।
बढे राजनीतिक दलका गतिविधि
आगामी फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरूको चहलपहल बढ्न थालेको छ । उम्मेदवार बन्ने तयारी गरिरहेका विभिन्न राजनीतिक दलका नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा आउने, घुमघाम गर्ने तथा स्थानीय बासिन्दाका समस्याका बारेका बुझ्न र बोल्न थालेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति दम्पती पक्राउ
अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मदुरो र उहाँकी पत्नीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
हेल्प नेपाल र न्यु डायमन्ड एनभिए भलिबल च्याम्पियन
टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले शनिबार नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा उपाधि जितेका छन् । टिपटप पुरुष र न्यु डायमन्ड महिला वर्गमा च्याम्पियन बनेका हुन् ।
अवैध रुख कटान प्रकरण : सोधपुछ सकिँदा पनि खुलेन पहिचान
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न बनेको समितिले सोधपुछको काम सकाएको छ ।
झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन
सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।
थारू समुदायको पहिचान मासेको गुनासो
थारू समुदायको मौलिक पहिचान बोकेको देउथान/मरुवा (थन्वा)/ भुइँयालाई पक्की बनाउने नाममा स्थानीय सरकार नै यो समुदायको पहिचान मास्न उद्दत रहेको पाइएको छ । कैलाली, कञ्चनपुरमा स्थानीय तहले थारू समुदायको देउथान, मरुवा र रानाथारू समुदायको भुइँया (देवता घर) लाई पक्की बनाउने नाममा मौलिक पहिचान मास्न थालेको देखिएको हो ।
प्रदेश सरकारले विद्यालय भवन निर्माण गर्दै
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दार्चुलामा पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयमार्फत विद्यालय भवन निर्माण भइरहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।
कर्मचारी व्यवस्थापनमा सकस
कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेशले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा सकस भएको हो ।
मतदाताको इजलास
ताजा जनादेशका निम्ति हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ । प्रतिनिधि सभाको संरचना समानुपातिक र प्रत्यक्ष निर्वाचन पद्धतिबाट पूरा हुने संवैधानिक व्यवस्था छ । समानुपातिक निर्वाचनका निम्ति उम्मेदवारको बन्दसूची प्रस्तुत गर्ने समयसीमा पनि पूरा भइसकेको छ । निर्वाचन आयोगले बन्दसूचीको नामावली समानुपातिक र समावेशी संवैधानिक मर्म अनुरूप भए नभएको जाँचबुझ गरिरहेको छ । आयोगले निर्वाचन तयारीमा कुनै कमी हुन नदिई अगाडि बढाइरहेको छ । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजी
नयाँ बन्ने संसद्को रूपरेखा
नेपालको संविधानले सङ्घीय सांसदलाई सार्वभौम जनताको प्रतिनिधिका रूपमा कानुन बनाउने, सरकारलाई नियन्त्रण तथा सन्तुलनमा राख्ने र राज्यको स्रोतसाधनको बाँडफाँट (बजेट) गर्ने सर्वोच्च जिम्मेवारी सुम्पेको छ । संविधानले सङ्घीय सांसदसँग यस्तो अपेक्षा गरे पनि अहिले समानुपातिक सांसदका उम्मेदवार र प्रत्यक्ष उम्मेदवारको तयारी गरिरहेकाहरूले यो पक्षलाई पटक्कै ख्याल राखेको देखिँदैन । सम्भावित तथा प्रस्तावित सांसदहरूले विकास गर्छु, कुलो नाला बाटो बनाउँछु, एयरपोर्ट बनाउँछु भन्ने जस्ता मुद्दामा बोलिरहेको देखिन्छ ।
युवामा नागरिक शिक्षाको प्रभाव
मानिसको पुस्तान्तरणको अन्तर जुगानुजुगदेखि चल्दै आएको छ । पुस्ता बदलिन्छ र विचार पनि बदलिन्छ । एकअर्काबिचको सम्बन्ध फरक हुन्छ । खाने चिज फरक हुन्छ, लगाउने कपडा फरक हुन्छ । किन्न जाने पसल, उपभोग गर्ने वस्तु पुस्तासँगै बदलिन्छ । आज देखिएको सोच र प्रविधिले जीवन शैलीमा ठुलो परिवर्तन ल्याएको छ । आज जेनजीका माग र आन्दोलन पनि यसै गरी