• २१ चैत २०८२, शनिबार

‘मुस्ताङमा परीक्षासँगै उत्तरपुस्तिका जाँचेर सकिन्छ’

blog

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय, मुस्ताङ । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), चैत २१ गते । मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिकाको शिक्षा विकास तथा समन्वय इकाइमा कडा निगरानीमा परीक्षा लिइएकै दिन परीक्षण सुरु गरिएको छ । 

जिल्लाको एकमात्रै सदरमुकाम जोमसोमस्थित जनहित मावि परीक्षा केन्द्रबाट हरेक दिनको परीक्षा सकिएलगत्तै इकाईमा पुर्याएर उत्तरपुस्तिका परीक्षण भइरहेको सूचना अधिकारी चन्द्रसिंह बिकले बताउनुभयो । राष्ट्रि«य परीक्षा बोर्डको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजनाअनुसार इकाइले कार्यतालिका बनाएर परीक्षण गरिरहेको छ । 

सूचना अधिकारी बिकले भन्नुभयो, ‘‘परीक्षा र कपी परीक्षण एकैदिन सकिन्छ, विद्यार्थी संख्या कम भएकाले जनशक्तिको समस्या छैन ।’’ विकका अनुसार आफ्ना विद्यार्थीको कपि सम्बन्धित विद्यालयका शिक्षक बाहेकले जाँच गरिरहनुभएको छ । मुस्ताङमा ९ सामुदायिक, १ निजी र २ धार्मिक विद्यालयबाट नियमितमा छात्र १०१ जना र छात्रा ८५ जना, ग्रेड वृद्धितर्फमा ६ जना छात्र, ६ जना छात्रा गरी १ सय ९८ परीक्षार्थी रहेका छन् । 

जिल्लामा जनहित मावि, जनआदर्श अमरसिंह मावि, ज्ञानोदय मावि, योगेन्द्र मावि, जनवाल मावि, जनशान्ति मावि, जनहित खुल्ला, धौलागिरी आवासीय मावि, जन नर्मल मावि, नालन्द बौद्धिष्ट स्कलु रहेका तल्लो मुस्ताङमा रहेका छन् भने लोमान्थाङ गाउँपालिकाको दिव्य दीप मावि छोसेर र पाल एवं नाम्ग्याल गुम्बाका परीक्षार्थी छन् ।