नेत्र शाही
जुम्ला, चैत २१ गते । जुम्लामा एसर्ईई परीक्षाको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार शुक्रवारदेखि जुम्लामा उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक परीक्षा केन्द्रमा चुस्त र पारदर्शी रुपमा उत्तरपुस्तिका जाँच गर्न थालिएको छ । सरकारले यस पटक जिल्लामै उत्तरपुस्तिका जाँच गर्न दिएको निर्देशनअनुसार काम अघि बढाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईले परिचत्र जारी गर्दै एक महिनाभित्र नतिजा प्रकाशन गरिने भएकाले बिषय शिक्षकहरुको रोष्टर माग गरेको थियो । सोहीअनुसार काम थालिएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । उत्तरपुस्तिका परीक्षण तथा बिषय शिक्षकको रोष्टर तयार गर्न पहिले नै परिपत्र गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले जानकारी दिनुभयो ।
उहाँको हस्ताक्षरित परिपत्रमा जिल्लाको स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखालाई पहिले नै पत्राचार गरिएको छ । समन्वय इकाईबाट गरिएको पत्राचारमा मिति २०८२।१२।१९ गतेदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) को परीक्षा समाप्त भएको एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने नेपाल सरकारको निर्देशनअनुसार परीक्षा समाप्त भएका विषयहरुको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण गर्ने तथा नतिजा तयारी गर्न निर्देशन गरिएको थियो ।
जिल्लामा पहिलो पटक उत्तरपुस्तिका जाँच भएपछि अवसर र चुनौती दुवै थपिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले सुरक्षाको कडा निगरानीमा उत्तरपुस्तिका परीक्षण गरिएको छ ।
नेपाल शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर महतले यो अवसर र चुनौती दुवै भएकाले सबैको सहयोगमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । जुम्लामा परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अवको दिनमा पनि राम्रो प्रयास भइरहेको जिल्ला परीक्षा समितिले जनाएको छ ।
जुम्लामा पहिलो दिनको शान्तिप्रर्ण रुपमा माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षामा जिल्लाभर एसईई परीक्षा शान्तिपूर्ण रुपमा भइरहेको छ । जुम्ला जिल्लाको १४ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको छ ।
उहाँका अनुसार यस पटक जुम्लामा एसर्ईई अंग्रेजी बिषयमा नियमित तर्फका जम्मा दुई हजार एकसय ३३ विद्यार्थीमध्ये दुई हजार ९१ जना र ग्रेट बृद्धिको ७६ मध्ये ५४ जनाले परीक्षा दिएका छन् । यसैगरी अंग्रेजी परीक्षामा नियमिततर्फको ४२ जना र ग्रेटबृद्धिको २२ जना अनुपस्थित छन् ।
अन्य बिषयमा कति विद्यार्थी सहभागी भए तथ्याङ्क एकिन गरिरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समिति संयोजक दिपक पौडेलका अनुसार जुुम्लामा माध्यमिक शिक्षा परीक्षा अनुगमनका लागि दुई, तीनवटा अनुगमन टिम समेत परिचालन भएको छ ।
पहिलो दिन प्रमुख जिल्ला अधिकारी पौडेलेको नेतृत्वमा पातारासीमा र शिक्षा विकास समन्वय इकाई प्रमुख रछानि लुहार, जिल्ला प्रशासन कार्यालयका अधिकृत मिनबहादुर रावलसहितको टिम गुठिचौर, चन्दननाथसहितको क्षेत्रबाट अनुगमन गरिएको छ ।