मेघगर्जन र चट्याङसहित हल्का वर्षा
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
गोलिया लोड गरेको अटोसहित चालक पक्राउ
झापाको बुद्धशान्ति गाउँपालिका –१ मा सालको काँचो गोलियासहित अटो र चालक पक्राउ परेका छन् । बुधवार साँझ ७.२० बजे बुद्धशान्ति –१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय बुधवारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको गस्ती टोली र रोङ सवडिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत होमचन्द्र गौतम नेतृत्वको टोली समेतले पक्राउ गरेको हो ।
रौतहटमा सवारी दुर्घटनामा एकको मृत्यु
रौतहटमा बिहिवार भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी पडरी गाउका शेख सोनुको छोरा शेख सादिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालगञ्जमा एप्पल स्टोर सञ्चालन
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै नेपालगन्जको धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा ल्याएको छ ।
मकवानपुरमा एसईईमा नियमिततर्फका विद्यार्थी घट्याे
मकवानपुरबाट यस वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी विद्यार्थीको सङ्ख्या २०८१ मा भन्दा घटेको छ । गत वर्षको तुलनामा यस वर्षको नियमिततर्फका एसइईका सहभागी विद्यार्थीहरु घटेका हुन् ।
दलित गैरसरकारी संस्था महासङ्घले रास्वपासमक्ष बुझायो ध्यानाकर्षण पत्र
दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ)ले राष्ट्रिय स्वतन्त्रता पार्टी९रास्वपा० समक्ष विभिन्न मागसहित ध्यानकर्षण पत्र बुझाएको छ ।
महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न आग्रह गरेको छ ।
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजारमा मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन नयाँ ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ लागू गरेको छ ।
सभापति लामिछानेको रिट हेर्दाहेर्दैमा आइतबार सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ ।
बुटवलमा 'डी-म्याक्स डिजिटल बि-टु-सी समिट' हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सक्रिय कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा २ दिने ‘डी-म्याक्स डिजिटल बि-टु-सी समिट’ गरिँदै छ ।
विश्व स्थापनार्थ शान्ति कलश निर्माण
विश्व शान्ति स्थापनार्थ तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटमा शान्ति कलशको शिलन्यास गरिएको छ ।
सल्यान कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न
कपुरकोट गाउँपालिकाको १८औँ गाउँकार्यपालिकाको अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ ।
केन्द्रमा चन्द्रमा, चीनको अन्तरिक्ष महत्त्वाकांक्षा तीव्र
चन्द्रमालाई केन्द्रमा राख्दै चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो दीर्घकालीन रणनीति तीव्र बनाएको छ, जसले विश्व शक्ति सन्तुलनमै प्रभाव पार्ने सङ्केत देखिएको छ ।
कालीगण्डकी दोहन गर्नेलाई कारबाही गर्न सिफारिस
जिल्ला समन्वय समिति, प्रशासन, बागलुङ नगरपालिका सहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
निर्वाचनबाट अप्रत्याशित परिणाम आयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनबाट अनपेक्षित, अप्रत्याशित परिणाम आएको बताउनुभएको छ ।
जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले बिहीबार जनाएको छ ।
‘सदाका रसायन’ के हुन् ? किन खतरनाक ?
दैनिक जीवनमा प्रयोग हुने धेरै सामान्य सामानमा पाइने तर शरीर र वातावरणमा सजिलै नटुट्ने रसायनलाई ‘सदाका लागि रसायन’ भनिन्छ । यिनै रसायनका कारण स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने जोखिम बढेपछि युरोपेली सङ्घ (इयु) ले तीमाथि कडा नियन्त्रणको तयारी थालेको छ ।
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु : स्वास्थ्यकर्मी
सुडानमा भएको ड्रोन आक्रमणमा, कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै बिहीबार एएफपीले जनाएको छ ।
‘खरानी टकटकाएर फेरि उठ्ने छौं’
गाउँमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका धनी युवा हुनुहुन्छ पर्वत घर भएका ३९ वर्षे रामसागर लामिछाने । उद्यमी युवा लामिछाने आगलागीले ध्वस्त भएको आफ्नै डेरी उद्योगको खरानी टकटकाएर पुनः उठ्न खोज्दै गरेका युवा हुन् ।
युवाको भविष्य बारेमा संवाद
संयुक्त राष्ट्र जनसङ्ख्या कोषले युवाहरूको भविष्य मार्गदर्शनका लागि छलफल सुरु गरेको छ । कोषको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमको विभिन्न क्षेत्रमा जोडिएका युवाहरुको बिचार समूह बनाइ समग्र युवाको विषयमा संवाद गरिएको हो ।
आगलागी हुँदा तीनलाख रुपियाँ बराबरको क्षति
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा ३ सारस्वर टोलमा आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर बुधबार भएको आगलागीबाट सो मूल्य बराबरको क्षति भएको हो।
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिनुभएको छ । उहाँले आफ्ना निकट सल्लाहकारलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभएको एक प्रतिवेदनले उल्लेख गरेको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय
कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश प्रशासन, वित्तीय व्यवस्थापन र विपद् पुनर्निर्माणसँग सम्बन्धित निर्णयहरू अनुमोदन गरेको हो ।
सेती–कर्णाली नदीमा ‘एङ्गलिङ’ प्रतियोगिता उत्सव
डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहल–पहलले भरिएका छन् । अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवत–जावतले नयाँ रौनकता थपिएको छ ।