जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालसँग सञ्चारमन्त्री खरेलको भेट
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सलवादी विद्रोहीको मृत्यु
पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट हुने
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर, आगामी महिना चुनौतीपूर्ण !
विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ ।
क्याम्बोडिया-थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा
क्याम्बोडियाले शुक्रबार थाइल्यान्डमाथि विवादित सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको आरोप लगाएको छ । दुवै देशका अधिकारी पाँचदिने वार्ता गर्दै थिए, जसको उद्देश्य झडप रोक्नु थियो ।
संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना
यातनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उहाँको अवस्था अन्तर्राष्ट्रिय मापदण्डभन्दा न्युन रहेको बताउनु भएको छ ।
चीनको उच्च गतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्याे
जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ ।
जेनजी आन्दोलन संविधानको मर्म सुदृढ बनाउने अवसर : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनुभएको छ ।
दाइजोमुक्त समाज निर्माणका लागि अभियान
समाजमा जकडिएर रहेको दाइजो प्रथा र यसबाट सिर्जित हिंसा अन्त्यका लागि पश्चिम् नवलपरासीका मुस्लिम धर्मगुरु तथा मदरसाका शिक्षकहरूले संगठित अभियान सुरु गरेका छन्। दाइजोविरुद्ध सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।
नेपाली सेनाले पदयात्रा र दौड प्रतियोगिता गर्ने
नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ ।
साहित्यकार गुरुङको निधन
साहित्यकार भाषाविज्ञ तथा संस्कृतिविद् पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङ निवासी गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको हो ।
क्यान्सर पीडित बालकलाई ६५ हजार सहयोग
धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।
एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
मुस्ताङमा चिसोले झरना पहाडमै जम्याे
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ ।
गजेन्द्रनारायण सिंह औद्याैगिक क्षेत्र : एक सेडबाट एक करोड आम्दानी
ऋणको जोखिम, कमजोर पूर्वाधार र सीमित स्रोतबिच पनि उद्यम सफल हुन सक्छ भन्ने उदाहरण बनेको छ सप्तरीको रुपनी गाउँपालिका–६ बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित कान्तिपुर प्लाष्टिक उद्योग ।
सांस्कृतिक महोत्सवमा थापाको प्रस्तुति
गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ मा गायक नारायण थापाले आफ्ना विभिन्न गीतको प्रस्तुति दिनुभएको छ । मायाले, खतरा होला नि, बरपिपललगायत आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको मन जित्नुभएका गायक थापाका गीतमा दर्शक भरपुर रमाएका थिए ।
हिमाली क्षेत्रमा डढेलोको जोखिम
हिमाली क्षेत्रमा हिउँदयाम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीमा वनडढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठी सम्पन्न गरिएको छ । हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीमा स्थानीय बासिन्दालाई डढेलोका कारण, प्रकार, सम्भावित जोखिम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी गराइएको हो ।
कांग्रेसबाट पुरानै अनुहार सिफारिस
प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीमा कांग्रेसका पुरानै उम्मेदवार सिफारिसमा परेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीबाट गरेको सिफारिसमा अधिकांश पुरानै उम्मेदवारको नाम सिफारिसमा परेको हो ।
साक्षर प्रदेश घोषणा गरिँदै
लुम्बिनी प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको छ । साक्षर प्रदेश घोषणाका लागि मापदण्ड पूरा गरेपछि यही पुस १३ गते प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको हो ।
स्वास्थ्य सेवा निःशुल्क बनाइने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ ।
जन्मसँगै सिकलसेल परीक्षण
भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन गर्न सकिने जानकारी दिनुभयो ।
युवाको सक्रियतामा राष्ट्रिय झन्डा
स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक
लोप हुने अवस्थामा हात्तीपोलो
नेपालको मौलिक पहिचान बनेको हात्तीपोलो खेल लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट सुरु हुन लागेको हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला विश्वमै निकै महìवपूर्ण मानिएको हात्तीपोलो खेल लोप हुने चिन्ता व्यक्त गरिएको हो ।