महिला जनप्रतिनिधिको गुनासो
स्थानीय तहमा निर्वाचन महिला जनप्रतिनिधिले आफ्नो भूमिका केवल औपचारिकतामा मात्र सीमित रहेको गुनासो गरेका छन् । स्थानीय तहका वडा तथा कार्यपालिका सदस्यमा निर्वाचित महिला जनप्रतिनिधिले वास्तविक प्रभाव नपाएर कागजमा हस्ताक्षर गर्ने वा निर्णयको वैधानिकताको साक्षी बस्नुमै सीमित भएको अनुभव सुनाएका छन् ।
टावर बन्यो, फोन लाग्दैन
जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछालबाडा र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । उक्त ठाउँमा टेलिफोनको टावर बने पनि फोन नलाग्दा स्थानीवासी सञ्चार सुविधाबाट वञ्चित रहनु परेको छ ।
सौर्य मिनी ग्रिड सञ्चालन
हिमाली जिल्ला दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुगाउँमा सौर्य ऊर्जामार्फत विद्युत्को आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको जनश्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनी ग्रिड सञ्चालन गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सिनियर इन्जिनियर अमानुवलहक अन्सारीले जानकारी दिनुभयो ।
ताजा जनादेशको तयारी
लोकतान्त्रिक प्रणालीमा ताजा जनादेश नै शासनको मुख्य आधार हो । जननिर्वाचित संस्थाको सहभागिताबिना कुनै कर लगाउन पाइँदैन भन्ने बेलायतीले दुई शताब्दीअघि विकसित गरेको धारणाबाटै निर्वाचनको जग बसेको हो । बेलायतमा कानुन संसद्ले बनाउँथ्यो । सरकार निर्माण पनि संसद्बाटै हुन्थ्यो । यही संसदीय प्रणाली धेरैतिर विस्तार भयो । नेपालले संसदीय प्रणालीमै सङ्घीय
जीवनको सुनिश्चिततामा बिमा
बिमाको अवधारणा निकै पुरानो र प्राचीन हो । आगलागी, रोग, दुर्घटना, प्राकृतिक विपत्तिलगायतका आपत्कालीन अवस्थाको क्षतिबाट जोगिन यसको आविष्कार गरिएको हो । सुरुमा यो सामूहिक सहयोगका रूपमा हजारौँ वर्षपूर्व आरम्भ भएको पाइन्छ । विश्वमा बिमाको प्रारम्भ करिब चार हजार वर्षपूर्व भएको अनुमान गरिन्छ । बिमाको इतिहास नियाल्दा बाबिलोनका व्यापारीले हम्मुरा
स्वास्थ्यसेवाको पहुँच
यो साता विश्वले मानव अधिकार दिवस र सबैका लागि स्वास्थ्य दिवस मनाएको छ । यी दिवसले प्रत्येक व्यक्तिका अविच्छिन्न नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित नागरिक स्वास्थ्यको मौलिक अधिकारलाई पुनः पुष्टि गर्छन् । यस वर्षको मानव अधिकार दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ ले मानव अधिकारहरू हाम्रो दैनन्दिन जीवन
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
‘भैरवभाव’ चित्रकला प्रदर्शनी सुरु
युवा कलाकार मुकेश श्रेष्ठको ‘भैरवभाव’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उहाँको भैरव शृङ्खलामा उपत्यकाका विभिन्न क्षेत्रमा स्थापित रक्षा र न्यायका देवताका रूपमा परिचित भैरवको चित्रकलाको प्रदर्शनी भइरहेका छन् ।
‘ज्यापू दाइ’ सार्वजनिक
ग्रान्डमास्टर दिवाकर महर्जन अभिनीत ‘ज्यापू दाइ’ शीर्षकको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितपुरस्थित यलमुल गार्डेनमा आइतबार साँझ भएको कार्यक्रममा नेपाल भाषाको सो गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा निशा देसारको स्वर रहेको छ । चन्देश्वर महर्जनले रचना गर्नुभएको गीतमा जुगल डङ्गोलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।
‘प्रतिवैरम’ को प्रतीक्षामा सम्राट
सर्लाहीमा जन्मनुभएका सम्राट दास चलचित्र क्षेत्रमा उदाउँदो कलाकारका रूपमा स्थापित बन्ने सपना बोकेर यस क्षेत्रमा लाग्नुभएको छ । यात्रा सङ्घर्ष, त्याग र सपनाप्रतिको अटुट विश्वासले भरिएका उहाँका कथाले आजका हजारौँ युवाको प्रतिनिधित्व गर्छ ।
चौतारा रङ्गशालाको काम रोकिने खतरा
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सदरमुकाम चौतारा बजारको टुँडिखेलमा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य पुनः रोकिने अवस्थामा पुगेको छ ।
निर्यात बढे पनि मुलुकलाई छैन फाइदा
चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ ।
जलाशययुक्त आयोजनामा लचिलो खरिदबिक्री दर प्रस्ताव
विद्युत् नियमन आयोगले जलाशययुक्त जलविद्युत् आयोजनालाई लक्षित गर्दै आयोजना अनुसार फरक फरक दरमा विद्युत् खरिदबिक्री दर (पिपिए) निर्धारण गर्ने प्रस्ताव गरेको छ । लचिलो खरिदबिक्री सम्झौताको व्यवस्था गर्दा जलाशययुक्त आयोजनामा निजी क्षेत्र आकर्षित गर्ने लक्ष्यसहित आयोगले जलाशययुक्त उत्पादन केन्द्रको विद्युत् खरिदबिक्रीसम्बन्धी निर्देशिकाको मसौदा, २०८२ सार्वजनिक गरिएको हो ।
नियो स्टोरको प्रिमियम आउटलेट
नियो स्टोरले काठमाडौँको लाजिम्पाटमा नयाँ प्रिमियम आउटलेट सञ्चालनमा ल्याएको छ । सामान खरिद गर्ने स्थान मात्र नभई प्रविधि अनुभव गर्ने र मनोरञ्जन लिने गन्तव्यका रूपमा यो स्टोरलाई विकास गरेको कम्पनीले जनाएको छ ।
तीन चिनी मिलले थाले उखु पेल्न
मधेश प्रदेशमा सञ्चालित तीन वटा चिनी मिल सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका चिनी मिलमा सर्लाहीमा दुई र महोत्तरीमा एक रहेका छन् । सर्लाहीका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका हुन् । इन्दुशङ्कर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले सोमबार बिहान १० बजेदेखि मिल सञ्चालन गरी उखु पेल्न सुरु गरिएको जानकारी दिनुभयो । इन्दुशङ्कर चिनी उद्योगमा दैनिक ३५ हजार र १५ हजार गरी ५० हजार क्विन्टल उखु पेल्ने क्षमता भएको बेग्लाबेग्लै दुई वटा मिल छन् । अहिले सुरुमा ३५ हजार क्षमताको मिल चलाएर उखु पेल्न सुरु गरिएको उहाँले बताउनुभयो ।
अनुगमन हुँदै दलका क्षतिग्रस्त कार्यालय
सरकारले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त राजनीतिक दलका कार्यालयमा अनुगमन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी अर्थात् तत्कालीन नेकपा (माओवादी केन्द्र) लगायतका दलका कार्यालय अनुगमन गरिने छ ।
आन्दोलनको निसानामा बालबालिका
सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरिएको दुई दशकभन्दा बढी भइसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । यसकारण हरेक प्रकारका आन्दोलनको मारमा विद्यालय र त्यहाँ पढ्ने कलिला बालबालिका पर्ने गरेका छन् ।
एचपिभी खोप नियमित सञ्चालन
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।
सुनकोशी–मरिणको मूल्याङ्कन सुरु
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ ।
जलेकामध्ये साढे सात हजार मिसिल प्राप्त
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेकामध्ये सात हजार पाँच सय मिसिल सर्वोच्च अदालतले प्राप्त गरेको छ । भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका छन् ।
किनारमा क्याफे, सिरानमा प्लटिङ
बेमौसम र बढ्दो जाडोमा पनि फेवातालमा डुङ्गा सयर गर्नेहरू खासै घटेका छैनन् । खुलेको मौसममा माछापुच्छ«े, अन्नपूर्णलगायत हिमालको प्रतिविम्ब आडैमा राखेर तस्बिर र भिडियो खिच्ने प्रशस्तै छन् । बेमौसममा पनि पर्यटन राजधानी पोखरालाई भरिभराउ बनाउने फेवाताल आफैँ भने प्राकृतिक र मानवीय दुवै अतिक्रमणबाट खुम्चिँदो अवस्थामा पुगेको छ ।
महाधिवेशनपछि पनि गुट भेला हानिकारक हुन्छ : नेता ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनले नेतृत्व अनुमोदन गरिसकेकाले छुट्टै भेला बसाउनु पार्टीका लागि हानीकारक भएको बताउनुभएको छ । नेता ईश्वर पोखरेल समूहको अलग्गै भेलालाई लक्षित गर्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
खाल्डोमा पुरिएर एकको मृत्यु
धनगढी उपमहानगरपालिका –५ हसनपुरमा खाल्डोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।