• ५ कात्तिक २०८२, बुधबार

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

blog

काठमाडौँ, कात्तिक ५ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४६ नयाँ वर्षा आरम्भका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो भन्दै विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौँ र सद्भावको सुगन्ध फैलाउन आग्रह गर्नुभएको छ । 

“राष्ट्रमाथि खडा गरिएको चुनौतीको सामना गरौँ । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना”, उहाँको सन्देशमा उल्लेख छ । रासस