शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिकृष्ण ऐडी
मुगु, कात्तिक ५ गते। मुगुको छायानाथ रारानगरपालिका–३, नागम गमगढी राजमार्गको थापलचौडमा सार्वजनिक प्रतिक्षालय निर्माण सम्पन्न भएको छ । छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको श्रमदान अभियानबाट प्रतिक्षालय निर्माण गरिएको हो ।
छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार यात्रुहरूको सहजताका लागि नागम गमगढी राजमार्ग अन्तर्गत पर्ने थापलचौडमा सबैजनाको श्रमदानबाट सार्वजनिक प्रतिक्षालय निर्माण गरिएको छ ।
सार्वजनिक प्रतिक्षालयको काम सम्पन्न भएर सोमबारदेखि प्रयोगमा आएको छ। छायानाथ रारा नगरपालिका वडा ३ का स्थानीय भीमबहादुर तिरुवाका अनुसार नगर प्रमुखभामको अगुवाइले निर्माण भएको यो सार्वजनिक प्रतिक्षालयमा ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई विश्राम गर्न सहज हुने छ।