• १० कात्तिक २०८२, सोमबार

वडाध्यक्ष साहको निधन

blog

सिरहा, कात्तिक ९ गते । सुखीपुर नगरपालिका –६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिनुभयो ।

नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उहाँको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो । साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी हुनुहुन्छ । रासस