शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चाँदनी आचार्य
घोडाघोडी (कैलाली), कात्तिक ९ गते । कैलालीको जोशीपुर गाउँपालिका –३ लकडमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । शनिबार राति श्रीमान श्रीमतीबिच घरायसी सामान्य विवाद हुँदा श्रीमतीले श्रीमानलाई हतियार प्रहार गरेको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँद आवेगमा आई ३५ वर्षीया सुनितादेवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गर्दा गम्भीर घाइते भइ मृत्यु भएको बताउनुभयो ।
गम्भीर घाइते कठरियाको टीकापुर अस्पतालमा राति नै मृत्यु भएको हो । प्रहरी निरीक्षक साउँदले घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको अभियुक्त श्रीमतीलाई नियन्त्रणमा लिइ आइतबार म्याद थपगरी अनुसन्धानमै रहेको जानकारी दिनुभयो ।