• ८ वैशाख २०८३, मङ्गलबार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

blog

मङ्गलबारको मन्त्रिपरिषद् बैठक ।

काठमाडौँ, वैशाख ८ गते ।  सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिनुभयो । 

समितिको सदस्यमा सिंखडा दाहाल (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) मनोनयन हुनुभएको छ । 

बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको उहाँको भनाइ छ । 

मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको उहाँको भनाइ छ । 

त्यसैगरी सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । 

भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ ।

यो पनि पढ्नुहोस