• ६ मंसिर २०८२, शनिबार

गुल्मीमा एक पुरुष मृत फेला

blog

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर ६ गते ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–१, पौंदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्री मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार मृत अवस्थामा फेला परेका खत्री गत कात्तिक २८ गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । घरमा एक्लै बस्दै आउनुभएका उहाँ शुक्रबार दिउँसो नजिकैको भीरमा मृत अवस्थामा फेला पर्नुभएको उहाँले जानकारी दिनुभयो।

शुक्रबार साँझसम्म भीरबाट शव निकाल्ने प्रयास गरिएको थियो । अप्ठ्यारो भीरमा भएको कारण शव सशस्त्र प्रहरीसँग समन्वय गरी शनिबार मात्रै निकालिने प्रहरीले जनाएको छ ।  घरमा एक्लै रहनुभएका उहाँ बेवारिसे अवस्थामा हिँड्ने गरेको बताइएको छ ।