• २७ वैशाख २०८३, आइतबार

सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख २७ गते । गायक सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको उक्त गीत म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमोघ अर्याल र मीरा खड्काको अभिनय रहेको छ ।

यो गीतमार्फत उहाँले एक्लोपनको पीडा र त्यसमा प्रेमले ल्याउने आशा प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । बाध्यात्मक परिस्थितिका कारण विदेशिएका युवाहरूको भीडभाडबिचको एक्लोपन र हराएको सम्बन्धको पीडा गीतमा चित्रण गरिएको छ । यस्तो अवस्थामा प्रिय व्यक्तिको आगमनले जीवनमा आशा र खुसी ल्याएको भाव भिडियोमा देखाइएको छ ।

यस भावलाई समेटिएको गीतलाई सजेनले आफ्नो एल्बम टाढाको मान्छेको दोस्रो ट्र्याकका रूपमा समावेश गर्नुभएको छ । गीतको शब्द र सङ्गीत दुवै सजेनकै हुन् । सजेनको पहिलो गीत ‘काल्पनिक फुलबारी’ हो ।