शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख २७ गते । दुधौली नगरपालिका–४ पाखाभित्तामा अविरल वर्षासँगै परेको चट्याङ लागेर ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार बेलुका घरनजिकैको मकैबारीमा घाँस काट्न जानुभएका बुढाथोकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजीका क्रममा उहाँ राति १० बजेतिर अचेत अवस्थामा ढलेको अवस्थामा फेला पर्नुभएको थियो ।
स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय डकाहामा खबर गरी घाइते बुढाथोकीलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पुर्याएका थिए । राति १०ः५० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।