• २७ वैशाख २०८३, आइतबार

‘मुन लाइट गुप्र’ चापाकोट क्रिकेट लिगमा आज दुई खेल हुँदै

blog

अर्जुन काफ्ले 
स्याङ्जा, वैशाख २७ गते ।
‘मुन लाइट गुप्र’ चापाकोट क्रिकेट लिगमा आइतबार दुई खेल हुँदै छ । आज पहिलो खेल गण्डकी फायरविरुद्ध कुवाकोट युथ स्टार हुने छ भने दोस्रो खेल ह्वाइट हर्षविरुद्ध रोयल आँधीखोलाबिच हुने छ ।

चापाकोट –१० गंगालाल माविको खेलमैदानमा चापाकोट नगर क्रिकेट संघले चापाकोट नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो । शनिबारबाट सुरु भएको खेलमा साँखर वरियरले विजयी सुरुवात गरेको थियो । साँखरले ह्वाइट हर्षलाई १९ रनले पराजित गरेर विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको साँखर वरियरले निर्वारीत २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन बनाएको थियो । १६७ लक्ष्य लिएर ब्याटिङ गरेको ह्वाइट हर्षले १९.३ ओभरमा सबै विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

टि ट्वान्टी रोविन सिस्टममा खेलाइएको प्रतियोगिता जेठ २ गतेसम्म चल्ने छ । यस प्रतियोगितामा पहिलो हुने फाइनलमा पुग्ने छ भने दोस्रो र तेस्रो सेमिफाइनलमा लडेर फाइनमा पुग्ने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथमले एक लाख १० हजार र  दोस्रोले ६० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।