‘एक मुठी बादल’ को टिजर सार्वजनिक
आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादल : माई सेयर अफ स्काई’ को टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य कलाकार आँचलले नै वाचन गर्नुभएको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरो घुमेको छ ।
दर्शकको रोजाइमा ‘लालीबजार’ को गीत
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म धेरै दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रिल्स हेर्ने दर्शकको रोजाइमा परेको छ ।
पोखराको अर्मलामाट ‘जिरो डिग्री’ को एक्सनकट
पोखराको पर्यटकीय गाउँ अर्मलाबाट नेपाली फिल्म ‘जिरो डिग्री’ को छायांकन सुरु गरिएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने फिल्मका कार्यकारी निर्माता मोती कार्कीले जानकारी दिनुभयो ।
चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व
चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।