- गोरखापत्र अनलाइन
- २ पुस २०८२, बुधबार
चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि जेनजी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुनुहुन्छ । कथाकार तथा निर्माता कोइरालाले चलचित्रमा आफूहरूले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश सिकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको बताउँदै आउनुभएको छ ।