गायक धनबहादुर गुरुङको साँगीतिक साँझ हुने
गुरुङ गीत संगीतका युग नायक धनबहादुर गुरुङको सांगीतिक साँझ पोखरामा हुने भएको छ ।
दीपको ‘रित्तो गाउँ’
शुभदीप म्युजिकको ब्यानरमा बनेको दीप बन्जाराको नयाँ प्रस्तुति ‘रित्तो गाउँ’ सार्वजनिक भएको छ । गाउँका युवा वैदेशिक रोजगारीका कारण परदेसिन बाध्य भइरहेका कारण बिथोलिँदै गएको सामाजिक संरचना, अभिभावकको एक्लोपन र गाउँबस्तीको वास्तविक अवस्थालाई मार्मिक ढङ्गले म्युजिक भिडियोले प्रस्तुत गरेको छ ।
घिमिरेको आवाजमा ‘गरौँ योग’
गायक जयराम घिमिरेको शब्द तथा स्वरमा ‘गरौँ योग’ बोलको योग अभ्याससम्बन्धी गीत सार्वजनिक भएको छ । शारीरिक रूपमा स्वस्थ एवं मानसिक रूपमा आनन्द प्राप्तिका लागि योग नै उच्चतम उपाय हो भन्ने कुरा गीतमार्फत बताउन खोजिएको छ ।
‘बिगुल’ को टिजर सार्वजनिक
चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि जेनजी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुनुहुन्छ । कथाकार तथा निर्माता कोइरालाले चलचित्रमा आफूहरूले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश सिकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको बताउँदै आउनुभएको छ ।
मनोरञ्जन क्षेत्रमा ५६ प्रतिशत १८ वर्ष मुनिका बालबालिका
शुभ अवसर ग्रामले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकबारे आर्थिक वर्ष २०८१/०८२ गरेको अध्ययनले ५६ प्रतिशत श्रमिक १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ ।
मदनकृष्णको ‘ख्यालि जुजु’
काठमाडौँ महानगरपालिका–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले रचना गर्नुभएको नेपाल भाषाको गीत ‘यो ख्यालि जुजु...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
हिमालयन रिम चलचित्र प्रदर्शनी सुरु
हिमालयन रिम चलचित्र प्रदर्शनी आइतबार सुरु भएको छ । प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो । तीन दिन चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ राखिएको छ । प्रदर्शनी कार्यक्रम हिमालयन रिम फिल्म एक्जिभिसनले पहिलो पटक आयोजना गरेको हो ।
तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’
बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको आयोजनामा शनिबार एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ गजलसङ्ग्रह पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार शीतल गिरी, गीतकार डा. पुरुषोतम श्रेष्ठ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे (वेदमणि) लगायतले गजलसङ्ग्रह लोकार्पण गर्नुभएको थियो ।
बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल
अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ ।
‘सानो जग्गामा ठुलो संसार बनाइरहेको छु’
काठमाडौँको नाट्यकर्ममा रमाउनुभएका रङ्गकर्मी केदारनाथ पौडेल तीन वर्षअघि रङ्गकर्मका केही सपना बोकेर गाउँ फर्किनुभयो । पोखराको फेवातालको दक्षिणी डाँडाको पुम्दीमा बुढाहरे भन्ने गाउँ छ । रसिलो, दक्षिण फर्केको गाउँ । त्यहीँ नाट्यकर्मका सपना बुन्दै हुनुहुन्छ केदार ।
आस्थाका आधारमा नियुक्ति हुन हुँदैन : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल चलचित्र विकास बोर्ड स्वायत्त निकायका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार परिवर्तनसँगै बोर्डका पदाधिकारीले राजीनामा दिनुपर्ने र राजनीतिक आस्थाका आधारमा नयाँ पदाधिकारी नियुक्त हुने परम्पराले सम्पूर्ण चलचित्र क्षेत्रको विकास र प्रवर्धनमा असर पर्दै आएको जिकिर गर्नुभयो ।
नारायण थापाको स्वरमा ‘लाजै नमानी’
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन् ।
सङ्घर्षको कथा दोहोरीदेखि ब्युटी एकेडेमीसम्म
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ ।
‘जेरी अन टप’ ले छोयो ५१ दिनको कोसेढुङ्गा
नेपाली चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । गत असोज ३१ गतेदेखि प्रदर्शन भएको ‘जेरी अन टप’ ले शनिबार सो कोसेढुङ्गा छोएको हो । उक्त चलचित्रले काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रन्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको उक्त चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
‘मिठो मिठो बोली’ गीत सार्वजनिक
गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
डा.पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन
गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबिच विमोचन गरिएको छ ।
मायाप्रेम र धोखा ‘तेरे इश्क मे’
मायाप्रेम र धोखा अहिले प्रायः चलचित्रमा देखिने कथावस्तु हुन् । चलचित्र ‘तेरे इश्क मे’ पनि पीडा, प्रेम र क्रोधलाई मिसाइएको प्रेमकथा हो । चलचित्रका दुई प्रमुख पात्र शङ्कर गुरुक्कल (धनुष) र मुक्ति (कृति सेनन्) को प्रेम सम्बन्ध कता मोडिन्छ भन्ने कौतूहलमै यो चलचित्र बगेको छ ।
‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक भएको छ ।
कालो रात
मनको कुनैकुनामा जब पीडाको भुङ्ग्रो सल्किन्छ, त्यसले पोल्न थालेपछि मान्छे कि त मौन बस्छ कि त बर्बराउन थाल्छ । वनिताको मनमा त्यस्तै भुङ्ग्रोे सल्किएको थियो । पक्षाघातले थलिएका ससुरा समीरको
अपाङ्गता दिवसमा सडक नाटक प्रदर्शन
बुवाआमा अपाङ्गता भएका छोरालाई गाली गर्दै डोरीले बाँधेर मेलापात हिँड्छन । उनीहरूले उनलाई खान पनि दिएका हुँदैनन । सँगै रहेकी बहिनीलाई समेत
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।
नेता नैनसिंह महरको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ।
जेनजी आन्दोलन र नारी सशक्तीकरण ‘बिगुल’
चलचित्र ‘बिगुल’ को फस्र्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।