• २९ फागुन २०८२, शुक्रबार

‘धर्ती आकाश’ सार्वजनिक

blog

काठमाडौँ, फागुन २९ गते । नेपाली आधुनिक पप जनराको ‘धर्ती आकाश’ बोलको गीत बिहीबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । मायाप्रेमको प्रेमिल कथा समेटिएको उक्त गीतलाई थुमन शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

गीतमा आयुष्मा कार्की र मगिस गौतमको अभिनय रहेको छ । मगिसको यो पहिलो डेब्यु अभिनय हो । शिवराज गौतमको शब्द तथा सङ्गीत रहेको गीतमा यश गौतम र कजिना ढकालले स्वर दिनुभएको छ । गीतलाई उसाल कार्कीले सम्पादन गर्नुभएको छ । 

शिवराजकै निर्देशनमा तयार भएको गीतको सङ्गीत संयोजन आकाश रणपालको गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ रुबिन मगरको रहेको छ ।

पहिलो डेब्यु गर्दा डराएको महसुस भएको कलाकार मगिसले बताउनुभयो । “कतै गीत बिग्रने हो कि भन्ने डर हुँदाहुँदै पनि अभिनय गर्ने आँट गरियो,” उहाँले भन्नुभयो । सानैदेखि गीत/सङ्गीतमा रुचि भएको हुनाले पनि यसमा लागिपरेको उहाँको भनाइ छ ।