शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २४ गते । फागुनको दोस्रो साताबाट चलचित्र ‘कार्की साइँला’ को छायाङ्कन भइरहेको छ । उक्त छायाङ्कन धनकुटामा भइरहेको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको चलचित्रको सेटबाट मुख्य दुई कलाकारको तस्बिर बाहिरिएको छ । चलचित्रका मुख्य कलाकार जितु नेपाल र प्रियना आचार्य (मुन्नी) को तस्बिर बाहिरिएको हो ।
चलचित्रमा जितु र प्रियनासँगै सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायतको अभिनय रहेको छ । कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा बालकुमार राई निर्माता हुनुहुन्छ ।