शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १८ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ ।
त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।