शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १ गते । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा चुड्का गीत सार्वजनिक गरिएको छ । गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ ।
गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको गीतको शब्द गुरुङले नै लेख्नुभएको हो । चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन) ले सङगीत दिनुभएको छ । सो गीतमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय रहेको छ । विष्णुहरि तिमल्सिनाको सम्पादन रहको गीतको निर्देशन मनाङ गुरुङले गर्नुभएको हो ।