शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २ गते । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा मनोज पण्डित नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले बताउनुभयो ।
सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त हुनुभएको हो । अन्य दुई रिक्त सदस्य पदमा नियुक्तिको तयारी भइरहेको प्रवक्ता रानामगरको भनाइ छ ।