ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ ।
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिक मारिनुका साथै घाइते भएका छन् ।
कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो
पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् ।
अफ्रिकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ ।
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
लामो समयसम्म प्रधानमन्त्री रहनु भएकी शेख हसिनालाई अपदस्थ गरेको सन् २०२४ को विद्रोहपछि बङ्गलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ ।
ट्रम्पको कदमपछि युरोपमा राहत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशले बिहीबार राहतको सास फेरेका छन् ।
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको सङ्घर्ष
हालैका वर्षमा पाकिस्तानमा वायु प्रदूषणले रेकर्ड स्तर छोएपछि स्वच्छ हावाको माग गर्दै नागरिक आफैँ अग्रसर हुन थालेका छन् ।
पन्ध्रौँ पञ्चवर्षीय योजनामा जल संरक्षणलाई चीनको प्राथमिकता
चीनले सन् २०३० सम्ममा आर्थिक उत्पादनसँग सम्बन्धित पानीको खपत उल्लेखनीय रूपमा घटाउने लक्ष्य तय गरेको छ ।
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता
एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ ।
इरान-अमेरिका तनाव चर्कियो
इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिका विरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिनु भएको छ ।
बोन्डी गोलीकाण्डपछि कडा कानुन
सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा-विरोधी भाषण सम्बन्धी नयाँ कानून पारित गरेको छ ।
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
आगामी फब्रुअरी-१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ ।
डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेतासँगको सम्भावित टकरावको वातावरणबिच डाभोस आइपुग्नु भएको छ ।
संयुक्त राष्ट्र र ट्रम्पको शान्ति बोर्ड : विश्व राजनीतिमा नयाँ मोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ (यूएन) विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जारी राख्नुपर्ने बताउनु भएको छ ।
न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नु भएको छ ।
इजरायली कब्जामा रहेको युएनआरडब्लुएको मुख्यालय ध्वस्त पार्ने कार्यको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)को जेरुसेलमको शेख जराह स्थित भवन इजरायली अधिकारीले कब्जा गरी ध्वस्त पारेकोमा निन्दा गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।
आबे हत्या प्रकरणमा आजीवन सजाय
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ ।
सुडानमा मानवीय सङ्कट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी
सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ ।
चीनको कारखानामा विस्फोट, नौ जनाको मृत्यु
उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । विस्पोटमा परी एक जना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्तालाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
चीनको घट्दो जन्मदरको चुनौती
प्राचीन कालदेखि आजसम्म ठूलो जनसङ्ख्या चीनका लागि राष्ट्रिय शक्ति प्रदर्शन गर्ने प्रमुख आधार मानिँदै आएको छ । तर यति ठूलो जनसङ्ख्याको व्यवस्थापन सधैँ चिन्ताको विषय रहँदै आएको छ ।
किमद्वारा उपप्रधानमन्त्री बर्खास्त
उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ ।
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नु भएको छ ।