इजरायली आक्रमणका कारण गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसङ्घको चेतावनी
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकको निरन्तर हत्याको चेतावनी दिएको छ ।
पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवालाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।
सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य
युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
विश्व राजनीति : ईयु-अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु
युरोपेली सङ्घ (ईयु)ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बिचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ । अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि युरोपले आफ्नो हितको संरक्षणमा सक्रिय भूमिका देखाएको छ ।
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिम पहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीले बताएका छन् ।
युक्रेनमा रुसी आक्रमणमा एक जनाको मृत्यु, २३ घाइते
युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
अमेरिकामा हिउँदे आँधीको असरः लाखौं परिवार प्रभावित हुने सम्भावना
अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।
अबुधाबी वार्ताः यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिनु भएको छ ।
ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम
पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो ।
जिम्बाब्वेमा मुसलधारे वर्षाः नौको मृत्यु, सडक र पुलमा व्यापक क्षति
दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ ।
ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनु भएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो ।
“क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहने छ”
क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा-फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही टिप्पणीलाई खण्डन गर्नु भएको छ । उहाँले अफगानिस्तान युद्धमा नाटो सैनिकको भूमिका सानो देखाउने अमेरिकी दाबी अस्वीकार गर्नु भएको हो ।
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
आगामी महिनामा आयोजना हुने टी-२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो ।
म्याक्रोनको ‘बाघको आँखा’, ट्रम्पको ग्रिनल्यान्ड सपना र टोटोको चमक
विश्वभरका अनौठा, रमाइला र रोचक घटना यस हप्ताको समाचारमा समेटिएका छन् । डाभोसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि उभिएर आफ्नो सनग्लास लगाएको दृश्यले सबैको ध्यान खिचेको छ ।
सानो हमिङबर्डको अन्तिम आश्रय
इक्वेडोरियन एन्डिजको दुर्गम क्षेत्रमा रहेको एउटा प्राचीन जङ्गल मानव गतिविधिको बढ्दो अतिक्रमणबिच विलुप्त हुने जोखिममा परिरहेको सानो हमिङबर्डका लागि अन्तिम आश्रय स्थल बनेर उभिएको छ ।
टो लाम पुनः भियतनामको कम्युनिस्ट पार्टी महासचिव
भियतनामका नेता टो लाम शुक्रबार आफ्नो सत्तारूढ कम्युनिस्ट पार्टीको महासचिवका रूपमा पुनः निर्वाचित हुनु भएको छ ।
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ ।
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतारचढाव
जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
अमेरिका डब्लुएचओबाट फिर्ता, विश्व स्वास्थ्यमा अनिश्चितता
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ ।
ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गर्नु भएको छ ।
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधानी कराँचीको पाक कोलोनी क्षेत्रमा भएको हो।
जेलेन्स्कीसँग भेट निकै राम्रो भएको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता ’निकै राम्रो’ भएको बताउनुभएको छ।
मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता
फिलिपिन्सका नागरिक समाज समूहका सदस्यले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध नक्कली बाढी नियन्त्रण परियोजना मार्फत करदाताको अर्बौं डलर व्यवस्थित रूपमा दुरु पयोग गरिएको आरोप लगाउँदै महाभियोगको उजुरी दायर गरेका छन् ।
बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने
बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत आजको हस्ताक्षर समारोहमा उपस्थित नहुने जानकारी दिनुभयो ।