जलवायु परिवर्तनका कारण विश्वका नदीमा अक्सिजन तीव्ररूपमा घट्दै : अध्ययन
नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । यो अध्ययन ‘साइन्स एडभान्सेस’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो ।
मस्को क्षेत्रमा ड्रोन आक्रमणः ३ जनाको मृत्यु, दर्जनौं घाइते
रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो मात्राको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको दुः खद मृत्यु भएको क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले जानकारी दिनुभएको छ ।
सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसङ्घको आग्रह
निर्वाचन र राजनीतिक सङ्क्रमण सम्बन्धी प्रमुख विवाद समाधान हुन नसकेपछि तीन दिनसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि संयुक्त राष्ट्रसंघले सोमालियाका नेतालाई संवाद जारी राख्न आग्रह गरेको छ ।
बढ्दो तापक्रम र महँगीले अस्ट्रेलियाको आवास सङ्कट गहिरिने : अध्ययन
जलवायु परिवर्तनको तीव्र असरका कारण अस्ट्रेलियामा आगामी वर्षमा आवास सङ्कट अत्यन्त गम्भिर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ ।
युएई र रुसका राष्ट्रपतिबिच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ ।
कङ्गोमा इबोला प्रकोपः दर्जनौको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
लेबनान-इजरायलबिच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबिच जारी युद्धविरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गर्नुभएको छ ।
हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु
हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ।
बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिने पूर्वसैनिक पक्राउ
बङ्गलादेशको आतङ्कवाद विरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोजतलासीका क्रममा पक्राउ परेका एक पूर्व सैनिकमाथि सोधपुछ सुरू गरेको छ।
कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु
लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि
पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जना व्यक्तिलाई आक्रमण गर्दा पीडितको मृत्यु नभएको प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ
बङ्गलादेशको आतङ्कवाद विरोधी प्रहरीले विमानस्थल, संसद र धार्मिक स्थललाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोज तलासीका क्रममा पक्राउ परेका एक पूर्व सैनिकमाथि सोधपुछ सुरू गरेको छ ।
हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु
हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल-हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । अल-हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।
पोल्यान्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
अमेरिकाले पोल्यान्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित चार हजारभन्दा बढी सैनिकलाई अस्थायीरूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९-२० सम्मलाई तथ भएको क्रेमलिनले शनिबार जनाएको छ ।
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँच वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२ः३३ बजे (बेइजिङ समय अनुसार) प्रक्षेपण गरिएको थियो ।
भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए
अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्षरूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् ।
नाइजेरियामा आतङ्कवादीद्वारा दर्जानौँ बच्चाको अपहरण
उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतङ्कवादीले दर्जनौं स्कुलका बच्चालाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालयबाट ३५ देखि ४३ जना विद्यार्थी अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाले अनुमान गरेका छन् ।
तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट
विश्वभरका शेयर बजारमा शुक्रबार ठुलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् ।
इजरायल–लेबनानबिच ४५ दिनको युद्धविराम विस्तारमा सहमति
लेबनानमा जारी इजरायली आक्रमणको बिचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ ।
मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ ।
थाइल्यान्डमा विशाल नयाँ डायनासोरको पहिचान
थाइल्यान्डमा फेला परेका जीवाश्म अवशेषको अध्ययनपछि वैज्ञानिकले दक्षिणपूर्वी एसियामा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो डायनासोरको अस्तित्व सार्वजनिक गरेका छन् ।
कङ्गोमा फेरि फैलियो इबोला
कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् ।
दिल्ली विस्फोटमा १० जनाविरुद्ध आरोप
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले सन् २०२५ मा दिल्लीमा भएको घातक कार बम विस्फोट प्रकरणमा १० जनाविरुद्ध औपचारिक आरोप दायर गरेको छ । ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।