टोकीयो, मङ्सिर १२ गते । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । तर बेरोजगारको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिको सङ्ख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाभन्दा सानो वृद्धि हो ।
बेरोजगारको सङ्ख्या १८ लाख ५० हजार पुगेको छ, जुन २.२ प्रतिशतले बढेको छ । बेरोजगार मध्ये चार लाख ६० हजार जनाले अनिच्छापूर्वक जागिर गुमाएका छन्, जुन अघिल्लो महिनाभन्दा ७ प्रतिशत बढी हो । नयाँ रोजगार खोज्ने व्यक्तिको संख्या ५० हजार पुगेको छ, जुन ४.२ प्रतिशतले बढेको छ । महिला कामदारको सङ्ख्या ३१ लाख ५९ हजार पुगेको छ, जुन जनवरी १९५३ पछि सबैभन्दा उच्च स्तर हो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, अक्टोबरमा रोजगार उपलब्धता अनुपात १.१८ रहेको छ । यसको अर्थ, प्रत्येक १०० रोजगार खोज्ने व्यक्तिका लागि ११८ जागिर उपलब्ध छन् । यो अनुपात जनवरी सन् २०२२ पछि पहिलो पटक १.२० भन्दा तल झरेको छ । मन्त्रालयलेस्व–चेकआउट प्रणालीको प्रयोग र न्यूनतम तलबमा क्रमिक वृद्धिले यसमा केही प्रभाव पारेको जनाएको छ । रासस/सिन्ह्वा