हरेक वर्ष झैँ यस वर्ष पनि डिसेम्बर १ तारिखका दिन ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ !’ भन्ने नाराका साथ ३८ औँ विश्व एड्स दिवस मनाइँदै छ । यस वर्ष मनाइने विश्व एड्स दिवसको नाराको मुख्य उद्देश्य विश्वव्यापी रूपमा एचआइभी/एड्सविरुद्ध जनचेतना अभिवृद्धि गर्न, आमसहभागिता जुटाउन र यस दिवसको महत्व समुदायस्तरसम्म सम्पे्रषण गर्ने प्रयास गर्नु रहेको छ । यस वर्षको एड्स दिवसका अवसरमा एचआइभी/एड्सबाट सङ्क्रमित तथा मृत्युको भयावह स्थितिलाई ध्यानमा राखी विभिन्न अवरोधको सामना गर्दै सन् २०३० सम्ममा विश्वबाटै एड्सलाई अन्त्य गर्ने सिलसिलामा समस्त समुदायको प्रतिबद्धता र सहभागितामा एड्सविरुद्ध प्रतिकार्य रूपान्तरण गर्नुपर्ने सन्देश दिएको छ ।
एड्सको ऐतिहासिक पृष्ठभूमि
सर्वप्रथम सन् १९८८ मा दक्षिण अमेरिकी मुलुक हाइटीमा पहिलो एचआइभी सङ्क्रमित व्यक्तिको पहिचान भएको थियो । नेपालको कास्की पोखरामा एक जना एचआइभी सङ्क्रमित पुष्टि भएको थियो । सन् १९८८ डिसेम्बर १ तारिखदेखिनै विश्व एड्स दिवस मनाउन थालिएको हो ।
एड्सको वर्तमान अवस्था
सन् २०२४ को तथ्याङ्क अनुसार विश्वमा झन्डै चार करोड ८० लाख व्यक्ति एचआइभी सङ्क्रमित भएका छन्, भने एक लाख ३० हजार नयाँ सङ्क्रमित पाइएका छन् । तीमध्ये तीन करोड ९४ लाख १५ वर्षमाथिका वयष्क छन् भने एक करोड ४० लाख १४ वर्ष मुनिका छन् । सङ्व्रmमित छ लाख ३० हजारको एड्ससम्बन्धित स्वास्थ्य समस्याबाट मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभागको २०८०/८१ को प्रतिवेदन अनुसार नेपालका ३० हजारभन्दा बढी व्यक्ति एचआइभी सङ्क्रमित भएका छन्, तीमध्ये १५ वर्ष तथा सोभन्दा माथिका २९ हजार सङ्व्रmमित छन् । तीमध्ये १५ वर्ष तथा माथिका महिला १३ हजार, पुरुष १६ हजार र १४ वर्षमुनिका एक हजार दुई सयभन्दा बढी एचआइभी सङ्व्रmमितले जीवनयापन गरिरहेको अनुमान गरिएको छ । नेपालमा एचआइभी सङ्व्रmमितमध्ये १५ देखि ४९ वर्ष उमेरका सबैभन्दा बढी (५१.५) र १४ वर्ष सम्मका ४८ प्रतिशत छन् । सन् १९८८ देखि हालसम्म झन्डै ३० हजारको सङ्व्रmमितको मृत्यु भएको छ । कुल २५ हजार सात हजारभन्दा बढी एच.आइभी÷एड्स पीडित व्यक्तिले ‘एन्टिरिट्रो भाइरल’ थेरापी औषधी सेवन गरिरहेका छन् ।
एड्सको परिभाषा
मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जीवाणु कुनै माध्यमबाट शरीरमा प्रवेश गरी रगतमा यसको वृद्धि विकास हुनु नै एचआइभी सङ्क्रमण हो । एचआइभीले मानव शरीरको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर बनाउँदै लगेपछि जुनसुकै रोगले पनि आव्रmमण गरी रोगी तुल्याउन सक्ने अवस्था नै एड्स हो ।
एचआइभी सर्ने तरिका
असुरक्षित यौन सम्पर्क : एचआइभी सङ्क्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरेमा एचआइभी सर्छ ।
असुरक्षित रगत आदानप्रदान : स्वच्छ व्यक्तिले एचआइभीबाट प्रदूषित रगत लिएमा एचआइभी सर्छ ।
एचआइभी सङ्क्रमित आमा : एचआइभी सङ्क्रमित गर्भवती आमाबाट शिशुमा एचआइभी सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ ।
लागुपदार्थ/औषधी सेवन : एचआइभी सङ्क्रमित व्यक्तिले नसाद्वारा लागुपदार्थ÷औषधी सेवन गर्दा प्रयोग गरेका प्रदूषित सिरिन्ज–सुई स्वस्थ व्यक्तिले प्रयोग गरेमा एचआइभी सर्छ ।
एचआइभी/एड्सका चिह्न र लक्षण
– बिनाखास कारण हरेक महिनामा १० प्रतिशतसम्म तौल घट्नु ।
– एक महिनाभन्दा बढी पखाला लागि रहनु ।
– जुनसुकै स्वास्थ्य समस्याले आक्रमण गरिरहनु ।
– एक महिनाभन्दा बढी ज्वरो आउनुका साथै अन्य
सङ्क्रमण भइरहनु ।
– मुखभित्र ढुसी देखिनु ।
– शरीर जीर्ण हुँदै जानु ।
– अन्त्यमा मृत्युसमेत हुनु ।
एड्स तथा क्षयरोगको सह सङ्क्रमण
एचआइभी/एड्स व्यक्तिमा प्रतिरक्षा प्रणाली कमजोर हुँदा क्षयरोगको समेत सङ्क्रमण बढिरहेको छ र एचआइभी/एड्स, क्षयरोग सह सङ्क्रमणका कारणले मृत्युसमेत बढिरहेको छ । यसबाट नागरिक, परिवार, समुदायका साथै देशकै सामाजिक, आर्थिक अवस्थामा समेत नकारात्मक असर पर्छ । एचआइभी सङ्क्रमित नभएका व्यक्तिभन्दा सङ्क्रमित व्यक्तिलाई क्षयरोगको सङ्क्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ । तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नु पर्छ । समयमै परीक्षण, परामर्श, नियमित पूरा उपचार, माया र हेरचाह गरेमा एचआइभी/क्षयरोगको सहसङ्क्रमणबाट हुने मृत्युदर घटाउन सकिन्छ ।
एड्स नियन्त्रणमा चुनौती
नेपालमा २०८०/८१ मा झन्डै एक लाख ५७ हजार यौन रोगी छन् । यौन रोगको खोजपडताल, समयमै निदान तथा उपचारमा सरकारको ध्यान पुगेको छैन । १५ देखि ४९ वर्षका उत्पादनशील व्यक्ति नै सबैभन्दा बढी एचआइभी/एड्सबाट पीडित छन् । असुरक्षित यौन सम्पर्क, सुइद्वारा नसालु पदार्थ सेवन, समलिङ्गी यौनसम्पर्क, घरदेखि टाढा रहेर व्यवसाय गर्दा असुरक्षित यौन सम्पर्क तथा कन्डम प्रयोग नगरीकनै यौनसम्पर्क गर्दा सबै यौनरोगको रोकथाम/नियन्त्रणमा चुनौती छ । कुनै व्यक्तिलाई एचआइभी सङ्क्रमण भएको शङ्का लाग्नासाथ भेदभाव तथा सामाजिक बहिष्कार गरिन्छ । एचआइभी/एड्स नियन्त्रणमा राजनीतिक प्रतिबद्धता र दिगो राजनीतिक शासन व्यवस्था कायम नहुँदा पनि समस्या देखिन्छ । यौनरोग लागेका व्यक्ति लाज, सङ्कोच तथा सामाजिक/मनोवैज्ञानिक कारण समयमै स्वास्थ्य संस्थामा परीक्षण/उपचारका लागि नआउनाले दीर्घ यौनरोगका कारण एचआइभी सर्ने बलियो सम्भावना रहन्छ ।
एचआइभी/एड्स नियन्त्रणमा तालिमप्राप्त स्वास्थ्यकर्मीको कमी, औषधी, उपकरणको आपूर्तिमा कमी, आवश्यक प्रयोगशालाको कमी, भएका प्रयोगशालामा प्रयाप्त परीक्षण क्षमतामा कमी, सुपरिवेक्षण/अनुगमनमा कमीले चुनौती देखिन्छ ।
सरकारले यौनरोगसम्बन्धी खोजपडताल, निदान/उपचारबारे तालिम प्रदान गर्न सकेको छैन । मुलुकबाट रोजगारको सिलसिलामा बाहिर जाने कामदारलाई एचआइभी/एड्सका बारेमा चेतना अभिवृद्धिका साथै स्वास्थ्य प्रवर्धन गर्न सकिएको छैन । संयुक्त राष्ट्रसङ्घीय सङ्गठनबाट प्रदान गर्दै आएको एड्स नियन्त्रणमा प्राप्त बजेट धेरै वर्षदेखि एड्स, क्षयरोग तथा औलो रोगको एकीकृत नियन्त्रणमा ग्लोवल फन्डमार्फत प्राप्त बजेट गैह्रसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ लाई उपलब्ध गराइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले उसैलाई हालिमुहाली गराउँदा एड्स नियन्त्रणमा ७ सय ५३ वटै स्थानीय सरकारका समुदायस्तरसम्म चेतना, परामर्श, परीक्षण र उपचार पुग्न सकेको छैन । एड्स सङ्क्रमित भएका तर परीक्षणको पहुँच र जानकारी नहुँदा परामर्श परीक्षण तथा उपचारको अभावमा पिल्सनु परेको छ ।
एड्स परामर्श र परीक्षण : हालसम्म ७६ जिल्लाका ८५ वटा ‘एन्टिरेट्रो भाइरल’ कार्यसञ्चालन केन्द्र र ४५ वटा औषधी वितरण केन्द्रबाट एचआइभीरएड्स पीडितलाई निःशुल्क परीक्षण तथा औषधी उपचार गरिएको छ । हाल (२०८०/८१) सम्म मुलुकका झन्डै ५१ हजार ४५० भन्दा बढी सङ्क्रमितले ‘एन्टिरेट्रो भाइरल’ थेरापी प्राप्त गरेका छन् ।
एड्स परामर्श र परीक्षणका फाइदा
एचआइभी/एड्सको परामर्शबाट सङ्क्रमण नभएमा र सङ्क्रमण भएमा गर्नुपर्ने सावधानी बारे थाहा पाउन सकिन्छ । सङ्क्रमण भएको खण्डमा आफ्नो परिवार, सन्तानसमेतको परीक्षण गराई औषधोपचार र स्याहारसुसार गर्न मद्दत पुग्छ भने यौन साथीको समेत एचआइभीको अवस्था थाहा पाई आवश्यक कदम चाल्न सकिन्छ । एचआइभी सङ्क्रमित भएमा समयमै औषधीको सेवन गरी स्वस्थ रहन र अरूलाई एचआइभी सर्नबाट बचाउन सकिन्छ । गर्भवतीले औषधी सेवन गरेमा गर्भको शिशुलाई एचआइभी सर्ने सम्भावना न्यून हुन्छ ।
एचआइभी/एड्स रोकथाम
शङ्कास्पद यौनरोगीको खोजपडताल, परीक्षण/उपचार गर्न ७५३ वटै स्थानीय सरकारका समुदाय स्तरसम्मका स्वास्थ्यकर्मीलाई यौनरोगको ‘सिन्ड्रोमिक एप्रोच’ तालिम प्रदान गरी खोजपड्तालमा परिचालन गर्नु पर्छ ।
असुरक्षित यौनसम्पर्क गर्दा एचआइभी सर्ने सम्भावना अत्यधिक हुने हुनाले असुरक्षित यौनसम्पर्क गर्नु हुँदैन । एक पटक प्रयोग गरिएका सिरिन्ज, सुई तथा अन्य छाला छेड्ने औजार निर्मलीकरण नगरी पुनः प्रयोग गर्नु हुँदैन ।
यौनरोग लागेको शङ्का लाग्ना साथ स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नु पर्छ
एचआइभी सङ्क्रमित आमाले आफू र शिशुलाई एचआइभी सङ्क्रमणबाट बचाउन बिचमा नछुटाई पूरा मात्रामा औषधी खानु पर्छ । यौनरोग र यसको परीक्षण र उपचारको महत्वबारे व्यापक जनचेतना जगाउनु पर्छ । परीक्षण नगरिएको र असुरक्षित रगत प्रयोग गर्नु हुँदैन । शङ्कास्पद साथीसँग यौनसम्पर्क गर्दा सही तरिकाले कन्डम प्रयोग गर्नु पर्छ ।
समुदायस्तरसम्म निशुल्क यौनरोग (एचआइभीसमेत) को परीक्षण सुविधा विस्तार गर्नु पर्छ । लागुपदार्थ/औषधी सेवनमा कठोर बनेर नियन्त्रण गर्नु पर्छ ।
विश्व एड्स दिवस काठमाडौँका होटलको साटो खुला मैदान, हरेक स्थानीय तह र स्वास्थ्य संस्थामा जनचेतनामूलक कार्यक्रमका साथ व्यापक रूपमा मनाइनु पर्छ । सङ्क्रमण भइहालेको खण्डमा लाज र डर नमानी निःशुल्क हुने परीक्षण गराई स्वास्थ्यकर्मीको सल्लाहबमोजिम पूरा र नियमित औषधी सेवन गर्नु पर्छ ।
एड्सपीडितको हेरचाह
एचआइभी/एड्स सङ्क्रमितलाई हेरचाहबारे जानकारी मूलक स्वास्थ्य सन्देश शिक्षा दिनु पर्छ । एड्स पीडितलाई सकारात्मक भावनासहित स्वास्थ्य प्रवर्धन गर्नु पर्छ । एड्ससँगै क्षयरोग सङ्क्रमण भएमा दुवैथरी औषधीसँगै खानु पर्छ । शिशुलाई स्तनपान गराउने एचआइभी सङ्क्रमित आमाले नियमित स्तनपान गराइरहनु पर्छ । एड्स सङ्क्रमितको रगतमा एचआइभीको बोझ २०० भन्दा कममा सीमित राख्ने ‘सिडी–४ काउन्ट’ नियमित गराई भाइरसको बोझ यकिन गर्नु पर्छ । एचआइभी/एड्सको औषधीले भाइरल लोड घटाउँछ ।
स्वास्थ्यकर्मीलाई सकेसम्म एड्सपीडित व्यक्तिको घर घरमै पुगेर स्वास्थ्य सेवा दिने व्यवस्था गर्नु पर्छ । एड्सपीडितलाई परिआउने स्वास्थ्य हेरचाह तथा सङ्क्रमण रोकथाम गर्न परिवारका सदस्य, स्वास्थ्य स्वयंसेवक तथा एड्स सङ्क्रमितसमेतलाई तालिम दिई परिचालन गर्नु पर्छ ।
एड्स नियन्त्रणमा स्वास्थ्य प्रवर्धन
एचआइभी सङ्क्रमणबाट बच्न यौन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्छ । असुरक्षित यौन सम्पर्कका हानिबारे समुदायस्तरसम्म व्यापक चेतना जगाउनु पर्छ । यौनरोग/एचआइभी सङ्क्रमणको अवस्थाका लागि समयमै परामशर्, परीक्षण/उपचार गर्नु पर्छ । यौनसम्पर्क गर्दा सही तरिकाले कन्डमको प्रयोग गर्नु पर्छ । एचआइभी/एड्सपीडित गर्भवती आमाले आफू र गर्भको शिशुलाई सङ्क्रमणबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित र पूरा औषधी सेवन गर्नु पर्छ ।
हरिया तरकारी, फलफूलसहित स्वस्थकर र पोषिलो खानेकुरा खानु पर्छ । हरेक जुन महिनाको २७ तारिखका दिन मनाइने एचआइभी परीक्षण दिवस नेपालका हरेक ‘भोलेन्टरी काउन्सिलिङ एक्नड टेस्टिङ सेन्टर’ मा समेत चलाउनु पर्छ भने हरेक प्राथमिक स्वास्थ्य केन्द्रस्तर वा स्थानीय तहसम्म यस्ता केन्द्रको विस्तार गरिनु पर्छ । यौनरोग/एचआइभी सङ्क्रमण भएको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण तथा उपचार गर्नु पर्छ । किशोरकिशोरीलाई यौन, यौनरोग/एचआइभीबारे विद्यालयस्तरदेखि शैक्षिक पठनपाठनमार्फत जोड दिनु पर्छ ।
सुरक्षित व्यवहार परिवर्तनबारे स्थानीय सरकार तथा स्थानीय विद्यालय, स्वास्थ्य संस्थामार्फत सूचना, शिक्षा तथा सञ्चार कार्यक्रमलाई व्यापक बनाइनु पर्छ । ‘एन्टिरेट्रो भाइरल’ कार्यसञ्चालन केन्द्र र औषधी वितरण केन्द्रबाट एचआइभी/एड्सपीडितलाई निःशुल्क परीक्षण तथा ‘एन्टिरेट्रो भाइरल’ थेरापी गरिएको उपलब्ध गराउँदै आएको ‘एड्स हेल्थ केयर फाउन्डेसन’ लाई सरकारद्वारा धन्यवादसहित भविष्यमा समेत अझ बृहत् रूपमा परिचालन गर्नु पर्छ ।