लेबनानमा इजरायली आक्रमण, १३ को मृत्यु १४ जना घाइते
दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै खन्य १४ जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको जनाएको छ ।
राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा
बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानुनी तथा नीतिगत कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारीसँगै प्रधानमन्त्री कीर स्टार्मरको राजनीतिक भविष्यबारे पनि चासो बढेको छ ।
युक्रेनमा रूसी हवाई आक्रमण, आठको मृत्यु, ११ जना घाइते
युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परी आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् ।
सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा
रुसले आफ्नो रणनीतिक क्षमतामा ठुलो उपलब्धि हाँसिल गरेको दाबी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सरमत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीको सफल परीक्षणको प्रशंसा गर्नुभएको छ । उहाँले यसलाई ‘विश्वको सबैभन्दा शक्तिशाली मिसाइल प्रणाली’ भन्दै रूसको दीर्घकालीन सुरक्षा रणनीतिको प्रमुख आधारका रूपमा प्रस्तुत गर्नुभयो ।
इरान-अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ
पश्चिम एसियामा बढ्दो तनावका बिच चीनले इरान र अमेरिकाबिच वार्ता सहज बनाउन पाकिस्तानलाई आफ्नो कूटनीतिक भूमिका अझ सक्रिय बनाउन आग्रह गरेको छ । विशेष गरी हर्मुज जलघाँटीको स्थिरता र अस्थायी युद्धविरामलाई दीर्घकालीन संवादतर्फ लैजान चीनले इस्लामाबादको मध्यस्थता प्रयासलाई महत्त्वपूर्ण रूपमा हेरेको सङ्केत दिएको छ ।
सुडानका ४१ लाख शरणार्थी मूल थलोमा फिर्ता : आइओएम
द्वन्द्वको कारण विस्थापित भएका लगभग ४१ लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले घोषणा गरेको छ ।
चीनसँग ‘ठुलो सम्झौता’ खोज्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्डले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू-राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ ।
मनसुन जोखिमबिच श्रीलङ्कामा डेङ्गु बढ्दै : स्वास्थ्य अधिकारी
श्रीलङ्कामा चालु वर्षको मे महिनासम्म २७ हजार ७५४ डेङ्गुका घटना दर्ता भएको जनाउँदै १४ जनाको डेङ्गु संकमणका कारण मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढलेपछि तीन बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
इरान युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको असर अब जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ ।
इरान युद्धमा अमेरिकाको खर्च १० खर्ब डलरतर्फ
इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै गएको छ ।
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार
मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट अफ होर्मुज’ लाई खाडी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले मङ्गलबार बताउनुभएको छ ।
इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान
पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ ।
इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइनेः इरान
इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ
चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
हमासले गाजा युद्वका बन्दकमाथि चरम यौन हिंसा गरेको छ : इजरायली रिपोर्ट
हमास र यसका सहयोगीले सन् २०२३ अक्टोबर-७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दक विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
हान्टाभाइरस-प्रभावित क्रूज जहाज नेदरल्यान्डमा अवतरण
हान्टाभाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।
लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु
युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ ।
थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा हुनुभएको छ । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसक्नुभएको छ।
अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ
इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धको पालना गर्ने देशले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।
श्रीलङ्कामा ऊर्जा सङ्कटबिच बिजुली महसुल वृद्धि
मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागु हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।