रूसमा पुराना सवारी साधनको आयातमा तीव्र वृद्धि
रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारी साधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो ।
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
च्याटजिपिटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडिसीबिच सिड्नीमा अर्बौ डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ ।
दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबिच पुरानो मित्रताको पुनः मापन गर्ने महत्वपूर्ण क्षण मानिएको छ ।
अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी
ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद-बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताउनुभएको छ ।
अमेरिकामा नवजात हेपाटाइटिस-बी खोप विवादमा
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ.केनेडी जुनियरले गठन गर्नु भएको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस-बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबिच तीव्र बहस चर्किएको छ ।
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग
संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकालाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्कोबिचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबैभन्दा संवेदनशील विषय भएको बताएको छ ।
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गर्नु भएको छ । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो ।
इयु-रुस युद्ध जोखिममा युरोपेली जनताको बढ्दो चिन्ता
फ्रान्सेली अन्तर्राष्ट्रिय मामिला जर्नलले ग्रान्ड कन्टिनेन्टमा बिहीबार प्रकाशित मतदान समूह क्लस्टर १७ को नयाँ सर्वेक्षणले युरोपेली सङ्घ (इयु)का नौ देशमा अधिकांश नागरिकले इयु सदस्य राष्ट्र र रुसबिच युद्ध भड्किन सक्ने ‘उच्च जोखिम’ देखिरहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
भारत-रुस सम्बन्धमा अमेरिकी दबाब
रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय-परीक्षित’मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ ।
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दाबी
इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ ।
म्याक्रोन-सी भेटमा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बिहीबारको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका लागि सक्रिय भूमिका निभाउन र फ्रान्स-चीन व्यापार असन्तुलन समाधान गर्न सहयोग पुर्याउन आग्रह गर्नु भएको छ ।
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहनुभएको धारणा दिएको बताउनुभएको छ ।
गाजनलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सीमा नाका खोली गाजाका बासिन्दालाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने बुधबार बताएको छ ।
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद व्यवस्थापन निकायले बुधबार जनाएको छ ।
म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन-रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुग्नुभएको छ ।
पुटिनको शान्ति-अनिच्छा आरोपबिच क्रेमलिन-अमेरिकी दूत वार्ता निष्फल
अमेरिकी दूतसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् ।
बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार
बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्याउन फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ ।
गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण
गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बिच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गाजा सहरमा घाइतेको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ ।
वैश्विक व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित
विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो ।
२०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी
युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् ।
मोदी-पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत-रूस एजेन्डा
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउनुहुनेछ ।
श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५
श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब
युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।