पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता
गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिक जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्त समावेश गरिएका छन् ।
एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नु भएको छ ।
पाकिस्तानी सेनाद्वारा अफगान सीमाक्षेत्रमा २३ जना आतङ्ककारीको हत्या
पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।
नितिश कुमारको नयाँ रेकर्ड : दशौँ पटक विहारको मुख्यमन्त्री
जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिमः डब्ल्युएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरुपमा वृद्धि भएको रिपोर्ट गरेको छ ।
ट्रम्प र मेयर-निर्वाचित ममदानीबिच शुक्रबार भेट हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर-निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गर्नु भएको छ ।
चुनावअघि बङ्गलादेश प्रहरीद्वारा नयाँ वर्दी सार्वजनिक, जनविश्वास पुनर्निर्माणको प्रयास
सामूहिक विद्रोहपछिको पहिलो राष्ट्रिय चुनाव केही हप्तामै नजिकिँदै गर्दा बङ्गलादेश प्रहरीले गहिरो रूपमा क्षतिग्रस्त भइसकेको जनविश्वास पुनर्निर्माण गर्ने आशामा नयाँ वर्दी अनावरण गर्दै सुधारको सङ्केत दिएको छ ।
विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्या मध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन् । ‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको उल्लेख गरेको छ ।
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ ।
अफ्रिकामा पहिलो जी-२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह
अफ्रिकामा पहिलो पटक आयोजना हुँदै गरेको जी-२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु-संवेदनशील राष्ट्रका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उहाँका विरोधीले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा हेरेका छन् ।
कोप-३१ आयोजनामा अस्ट्रेलिया-टर्की विवाद चुलिँदा अल्बानिज ‘पछाडि हट्न’ तयार
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप-३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिनु भएको छ ।
शेख हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी
बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
साउदीको राजकुमारको सम्मानमा ह्वाइट हाउसमा भव्य रात्रिभोज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ ।
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।
गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा
गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले राहतका रकम तुरुन्तै उपलब्ध गराउन थालेका छन् ।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म-रक्षा फौजका हेलिकप्टरले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
चीनले बुधबार ‘लङ मार्च-२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार दिउँसो १२:०१ बजे उडान भरिएको थियो ।
शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मङ्गलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् ।
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जाँदै
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित” गरी रूससँग थप युद्धबन्दी आदान-प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताउनु भएको छ ।
अमेरिकी सांसद एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ
अमेरिकी सांसदले कुख्यात करोडपति यौन सिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न बाध्य पार्ने विधेयक एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउने तयारी गरेका छन् ।
कोलम्बियामा सैनिक कारबाहीका बिच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु
कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् ।
सियोल-अमेरिका पनडुब्बी सम्झौताले ‘आणविक डोमिनो’ सुरु हुने उत्तर कोरियाको दाबी
उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबिच आणविक-सञ्चालित पनडुब्बी निर्माण सम्बन्धी नयाँ सम्झौताप्रति कडा आपत्ति जनाउँदै उक्त समझदारीले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव उत्पन्न गर्ने दाबी गरेको छ ।