रूसी ड्रोन आक्रमणले युक्रेनमा हजारौँ घरमा बिजुली कटौती
रूसी सेनाले युक्रेनमा ५० हजारभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेपछि मुख्यतया देशको पश्चिमी भागमा विद्युत आपूर्ति ठप्प भएको युक्रेनी अधिकारीले बुधबार जानकारी दिएका छन् ।
अमेरिकी अदालतद्वारा ट्रम्पलाई निर्वासनका लागि युद्धकालीन कानुन प्रयोगमा रोक
अमेरिकी सङ्घीय अपिल अदालतले मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलाका कथित गिरोह सदस्यलाई निर्वासन गर्न युद्धकालीन कानून प्रयोग गर्ने कदमलाई अस्वीकार गर्दै केही दक्षिणी राज्यमा यसको प्रयोगलाई रोक लगाउने निर्णय सुनाएको छ ।
सिरियाको पूर्वआणविक साइटमा युरेनियमको निशान फेला
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था (आइएइए)ले मङ्गलबार यसका निरीक्षकले सिरियाको एक पुरानो साइटमा युरेनियमको निशान फेला पारेको जानकारी दिएको छ ।
युक्रेनमा कब्जा गरिएका भूभागका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्दै रुस
रुसले अझै पनि युक्रेनका आफ्ना कब्जामा रहेका भूभागलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन खोजिरहेको जनाएको छ ।
गाजामा भएको इजरायली आक्रमणमा एक सयभन्दा बढीको मृत्यु
गाजामा बुधबार भएको इजरयली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएका छन् ।
प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उदघाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त
भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उदघाटन गर्नु भएको छ ।
विजय दिवस परेडमा पुटिन र किम सहभागी, ट्रम्पद्वारा सीमाथि अमेरिकाविरुद्ध षड्यन्त्रको आरोप
उत्तर कोरियाली नेता किम जोङ-उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरेको आरोप लगाउनुभएको छ ।
इजरायली ड्रोनद्वारा लेबनानमा संयुक्त राष्ट्र शान्ति सेना नजिक ग्रेनेड प्रहार
इजरायली ड्रोनहरूले दक्षिणी लेबनानमा इजरायलसँगको सीमा नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको नजिक चार ग्रेनेड खसालेका छन् ।
इजरायलको सन्दिग्ध आणविक साइटमा तीव्र निर्माण
विज्ञहरूले विश्लेषण गरेका स्याटेलाइट तस्बिरले इजरायलको लामो समयदेखि शङ्का गरिँदै आएको आणविक कार्यक्रमसँग जोडिएको प्रमुख स्थलमा निर्माण कार्य तीव्र भइरहेको देखाएका छन् ।
भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई थप बाढीको चेतावनी
मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ ।
बेइजिङमा पुटिन र किमबिच भेटवार्ता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएको छ ।
पाकिस्तान : आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते
मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम
अस्ट्रेलियाली सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ ।
गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ ।
सुडानको डार्फरमा भूस्खलन, १,००० भन्दा बढीको मृत्यु
सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठुलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।
इन्डोनेसियामा विरोध प्रदर्शनपछि २० जना बेपत्ता
इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् ।
जापानको सत्तारुढ दलका महासचिव मोरियामाको राजीनामा प्रस्ताव
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का महासचिव हिरोसी मोरियामाले जुलाईमा भएको विनाशकारी माथिल्लो सदनको चुनावी परिणामपछि मङ्गलबार पद त्याग्ने प्रस्ताव गर्नुभएको छ ।
मदुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
म्यान्मामा सन् २०१७ को अत्याचार दोहोरिएको जस्तो अवस्था, संयुक्त राष्ट्रसङ्घको गम्भीर चेतावनी
म्यान्माको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले मङ्गलबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।
भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने
भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने छ ।
चीन-रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ-पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताउनु भएको छ ।
सन् २०२५ मा युरोपेली सङ्घको रक्षा खर्च ३८१ अर्ब युरोमा पुग्ने
युरोपेली सङ्घ (इयु) को सैन्य खर्च सन् २०२५ मा तीन खर्ब ८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ ।
रुसमा तैनाथ उत्तर कोरियाली सेनामा ठूलो क्षति : करिब दुई हजार सैनिक मारिएको सियोलको दाबी
युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।
पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, ठूलो जनधनको क्षति
भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीका कारण डुबानमा परेका छन् । बाढीले हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीले जनाएका छन् ।