दक्षिण कोरिया : सजाय बढाउने न्यायाधीश मृत फेला
पूर्व प्रथम महिला सम्बन्धी उच्च-प्रोफाइल मुद्दामा जेल सजाय दोब्बरभन्दा बढी गर्ने निर्णय गरेका दक्षिण कोरियाली न्यायाधीश मृत अवस्थामा फेला परेका छन् । घटनाले न्यायिक वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ ।
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जलवायु परिवर्तनका कारण तीव्ररूपमा पग्लिदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीयरूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
मध्यपूर्वमा बढ्दो तनावबिच चीनले तत्काल र पूर्णरूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ ।
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज
दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरावपूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरण सम्बन्धी सबै उल्लेख हटाएको छ । सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलापभन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट सङ्केत दिएको छ ।
बेइजिङ भेटमा इरान-चीन संवाद तीव्र
पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबिच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ ।
हर्मुजमा इरानको नयाँ नियन्त्रण नीति
विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागु गरेको छ ।
चिप उद्योगमा भारतको तीव्र विस्तार
विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख डलर बराबरका दुई नयाँ सेमिकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ ।
हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार
कम्बोडियामा साइबर ठगी, मनी लन्ड्रिङ र डिजिटल भुक्तानी प्रणालीसँग जोडिएको विवाद चर्किँदै जाँदा प्रधानमन्त्री हुन मानेटका एक भाइ (काकाका छोरा)ले सम्बन्धित कम्पनीमा आफ्नो प्रत्यक्ष हिस्सेदारी रहेको स्वीकार गरेका छन् ।
टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु
अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ ।
इन्धन मूल्य वृद्धिपछि अस्ट्रेलियाली घरपरिवारको खर्च बढ्यो
मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अस्ट्रेलियामा घरपरिवारको खर्च उल्लेखनीय रूपमा वृद्धि भएको छ । आधिकारिक तथ्याङ्कअनुसार मार्च महिनामा घरपरिवारको खर्च १.६ प्रतिशतले बढेको छ ।
चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
चीनले उच्च जोखिमयुक्त औद्योगिक क्षेत्रमा मानव आकारका कृत्रिम बुद्धिमत्ता (एआई) रोबोटको प्रयोगलाई तीव्ररूपमा विस्तार गरिरहेको छ । यी रोबोट विशेष गरी रसायन भण्डारण ट्याङ्क, ठूला जहाज तथा जटिल औद्योगिक संरचनामा काम गर्न सक्षम छन्, जहाँ मानव श्रमिकका लागि काम अत्यन्त जोखिमपूर्ण हुन्छ ।
गाजामा स्वास्थ्य पुनस्थापना प्रणाली कमजोर, अन्तर्राष्ट्रिय सहयोगको अपिल
गाजामा घाइते बिरामीका लागि पुनस्थापना सेवामा गम्भीर अभाव देखिएको भन्दै मानवीय निकायले चिन्ता व्यक्त गरेका छन् । मानवीय समन्वय सम्बन्धी निकायका अनुसार गाजामा ६ हजार ६०० भन्दा बढी बालबालिका रहेका छन् ।
अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु
अमेरिकाले कार्गो डुङ्गामा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।
डब्ल्युएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्क्रमणको पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्क्रमण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
जेलेन्स्कीको रुसप्रति आलोचनात्मक टिप्पणी
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसमाथि कडा आरोप लगाउँदै घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई ‘पूर्ण सनकीपन’ को संज्ञा दिनुभएको छ । उहाँले मस्कोले आगामी मे ९ मा आयोजना गर्न लागेको विजय दिवस परेडका लागि युद्धविरामको माग गर्नु नै विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो ।
एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का
गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः गहिरो अनुसन्धानको माग गर्दै भारतीय पाइलटको एक समूहले उड्डयन मन्त्रालयमा औपचारिक पत्र बुझाएको छ ।
आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै
दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयू)सँग सम्बन्ध गहिरो बनाइरहेको छ ।
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
मध्यपूर्वमा तनाव उत्कर्षमा
मध्यपूर्व क्षेत्रमा युद्धजन्य अवस्था थप जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा तनाव घटाउने आह्वान तीव्र भएको छ । पछिल्ला आक्रमण र प्रतिआक्रमणका घटनाक्रमले क्षेत्रीय मात्र नभई, विश्वव्यापी सुरक्षा चिन्ता बढाएको छ ।
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।
हुनानको पटाका कारखानामा विस्फोट हुँदा २१ जनाको मृत्यु
मध्य चीनको हुनान प्रान्तस्थित एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
भारतको राजनीतिमा नयाँ मोड ल्याउने सङ्केतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो समयदेखिको विपक्षी गढ तोड्ने स्थितिमा पुगेको छ ।
पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
भारतको पश्चिम बङ्गाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा विगत दुई आज बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो।