फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
भारतका विभिन्न राज्यमा सम्पन्न चुनावको मतगणना सोमबार कडा सुरक्षा व्यवस्थाबिच सुरु हुँदा यसको नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।
अमेरिकाले लडेका युद्ध
संयुक्त राज्य अमेरिका विश्वको शक्तिशाली राष्ट्र हो । उसलाई साँच्चिकै चुनौती दिने अर्को शक्ति राष्ट्र अहिले छैन भने पनि हुन्छ । त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश र निर्देश मान्न सबै बाध्य देखिन्छन् । अमेरिकालाई फेरि महान् बनाउने उनको रणनीति र कार्यनीति छ ।
युद्ध अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एसिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीसँग जानकारी आदानप्रदान गर्नुभएको छ ।
अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा
जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताउनुभएको छ।
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
पाकिस्तानमा वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धि अर्थात् मुद्रास्फीति अप्रिल महिनामा उल्लेखनीयरूपमा बढेको छ । वार्षिकरूपमा हेर्दा मुद्रास्फीति दर १०.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना मार्चमा रहेको ७.३ प्रतिशतको तुलनामा धेरै उच्च हो ।
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ ।
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
स्वास्थ्यमा समस्या आएपछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उहाँका समर्थकले बताएका छन् ।
मध्यपूर्वमा अमेरिकी सैन्य साइटमा इरानको व्यापक आक्रमण
अमेरिका र इरानबिच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ ।
सामाजिक सञ्जालमा साइबर सुरक्षा नियम कडाइको असर
अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा (फेसबुक, इन्स्टाग्राम लगायत) बन्द गर्न सक्ने चेतावनी दिएको छ । यो विवाद बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षासम्बन्धी मुद्दामा भएको कानुनी लडाइँसँग सम्बन्धित छ ।
रुस र इरानबिच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीबिच टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम तथा मध्यपूर्वको समग्र सुरक्षा अवस्थाबारे विचार आदान प्रदान गर्नुभएको छ ।
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ, जसले पहिलेदेखि लागु रहेका प्रतिबन्धलाई अझ विस्तार र कडाइका साथ लागु गर्ने संकेत दिएको छ ।
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता
अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ, जसले अमेरिका-युरोप सम्बन्धमा नयाँ तनावको सङ्केत गरेको छ ।
बेइजिङमा मनाइयो बुद्धजयन्ती
२५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ ।
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
युक्रेनमाथि रुसले अप्रिल महिनामा लामो दूरीका आक्रमणकारी ड्रोनको अभूतपूर्व प्रयोग गर्दै नयाँ रेकर्ड कायम गरेको छ । किएभको वायु सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा आधारित एएफपीको विश्लेषणले युद्धको स्वरूप अझ आक्रामक र व्यापक बन्दै गएको सङ्केत दिएको छ ।
खामेनेई स्वस्थ रहेको दाबी
इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबिच उहाँको कार्यालयका एक वरिष्ठ सहयोगीले उहाँ पूर्णरूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका छन् ।
समाजसेवी श्रेष्ठ र साहित्यकार सुवेदी पुरस्कृत
सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौँले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले श्रेष्ठ र सुवेदीलाई पुस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको हो ।
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने सङ्केत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ प्रयोगशालालाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षणबाट रोक्ने योजनाले द्विपक्षीय व्यापार सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भन्दै बेइजिङले प्रतिकार गर्ने चेतावनी दिएको छ ।
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ ।
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
क्षेत्रीय तनाव चर्किदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित अवस्थाबिच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको सङ्केतका रूपमा हेरिएको छ ।
सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम
पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ । जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिनुभएको हो ।
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
म्यान्माको सैन्य नेतृत्वले सबै कैदीको सजाय एक-छैटौँले घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुकीको नजर बन्द अवधि पनि छोटिन सक्ने सङ्केत देखिएको छ । बिहीबार घोषणा गरिएको यो सामूहिक सजाय कटौतीले देशको राजनीतिक अवस्थामाथि नयाँ बहस सिर्जना गरेको छ ।
बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता
बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिने छ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ ।