इजरायलद्वारा वेस्ट ब्याङ्कबाट ५० जना प्यालेस्टिनी पक्राउ
इजरायली कब्जा बल (आइओएफ)ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी : डब्लुएफपी
उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले मंगलबार जनाएको छ ।
चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै
भारत-चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मकरूपमा शान्त देखिए पनि चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ ।
फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ-२२’ प्रक्षेपण
चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षितरुपमा घर फर्काउन सहयोग पुर्याउने उद्देश्यले मङ्गलबार ‘शेन्जोउ–२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर वर्ष भरका लागि निलम्बित
राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रियरूपमा अभियान चलाउँदै आउनुभएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसदको च्याम्बरमा प्रवेश गरेको विरोध स्वरूप मङ्गलबार यस वर्षभरका लागि संसदबाट निलम्बन गरिएको छ ।
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापीत गरेको अधिकारीले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्य प्रभावित भएको जनाइएको छ ।
कफिनमै जीवित भेटिइन् थाई महिला
दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारी अचम्मित तथा स्तब्ध बन्नु परेको छ ।
हरेक १० मिनेटमा एक महिलाको हत्या : राष्ट्रसङ्घ
गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।
युरोपेली सङ्घको युक्रेन शान्ति योजनालाई रूसद्वारा अस्वीकार
युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधान “असंवैधानिक” रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताउनुभएको छ ।
अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी
अफगानिस्तानका पूर्वी क्षेत्रलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।
अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकै पटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।
गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु
गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गर्नु भएको छ ।
नुनका नदी : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष
विशाल हिमाली नदी समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।
मलेसियामा बाढीका कारण दश हजारभन्दा बढी मानिस विस्थापित
मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ ।
वासिङ्टन-किएभको जोड : युक्रेनको पूर्ण सार्वभौमिकता कायम रहने शान्ति सम्झौता आवश्यक
जेनेभामा अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीबिच सम्पन्न ‘रचनात्मक’ वार्तापछि वासिङ्टन र किएभले आइतबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै रुससँगको युद्ध रोक्ने कुनै पनि अन्तिम सम्झौताले युक्रेनको सार्वभौमसत्ता पूर्णरूपमा सुरक्षित राख्नैपर्ने स्पष्ट सन्देश दिएका छन् ।
ह्वाइट हाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग
न्युयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नु भएको छ ।
नयाँदिल्लीमा वायु प्रदूषण तीव्र
पछिल्लो समयमा बढ्दो वायु प्रदूस्षणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।
ढाकाद्वारा शेख हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह
अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बङ्गलादेशको अन्तरिम सरकारले उहाँको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ ।