मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्वि : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापीरूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मी माथिको आक्रमण बढिरहेको बताएको छ ।
महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात
पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीलाई सशक्त बनाउनको लागि एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ ।
मध्यपूर्व तनाव चर्किदा तेलदेखि कूटनीतिसम्म असर
मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि एक साथ गहिरो प्रभाव पारिरहेको छ । तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने अमेरिका, युरोप र रुसबिचको सम्बन्ध पनि थप जटिल बन्दै गएको छ ।
नाकाबन्दीले इरान थिचिँदै
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ : राष्ट्रसङ्घ
इरानले मध्यपूर्व युद्ध सुरु भएदेखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
मेटामाथि इयूको बालसुरक्षा आरोप
युरोपेली सङ्घ (इयू)ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिकरूपमा दबाब बढाएको छ ।
अस्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु : ११ जना घाइते
दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । दुर्घटनामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ ।
दक्षिण कोरिया : युनको सजाय बढ्यो
दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानुनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पुर्याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्याएको छ ।
निकोबार परियोजनामा तीव्र विवाद
भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्रेट निकोबार टापुमा प्रस्तावित बहु-अर्ब डलरको मेगापोर्ट तथा सहर विकास योजनाले राजनीतिक, वातावरणीय र मानवअधिकार सम्बन्धी गम्भीर बहस चर्काएको छ ।
दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको सामना गर्दै : अन्तर्राष्ट्रिय सङ्घ सस्था
दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् ।
इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित
मध्यपूर्वमा जारी अमेरिका-इजरायल र इरानबिचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने प्रयास नयाँ मोडमा पुगेका बेला वासिङ्टनभित्रै अनिश्चितता गहिरिँदै गएको छ ।
सुडानमा यौन हिंसाले गहिरिँदो मानसिक सङ्कट
सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा त्यसको प्रभाव केवल शारीरिक क्षतिमा सीमित नरही गम्भीर मानसिक स्वास्थ्य सङ्कटमा परिणत भइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध निकाय र स्थानीय सहायता समूहले चिन्ता व्यक्त गरेका छन् ।
गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई आधारभूत जीवनयापनका लागि अत्यावश्यक वस्तुमा लगाइएका प्रतिबन्ध हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गर्नु भएको छ ।
अमेरिका–बेलायत सम्बन्धमा जोड
इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशबिचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ ।
महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो ।
स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्ति सम्बन्धी विवादले प्रधानमन्त्री कीर स्टार्मरलाई फेरि एक पटक गम्भीर राजनीतिक दबाबमा पारेको छ ।
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
इजरायली सेनाले अप्रिल-१६ देखि सुरु भएको युद्धविराम उल्लङ्घन गर्दै मङ्गलबार पनि दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानले नबातीह जिल्लाको जाव्तार अल-शार्कियाह सहरमा तीन वटा हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ ।
रूस र युक्रेनबिचको आक्रमणमा चार जनाको मृत्यु
बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु
भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ ।
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान : राष्ट्रसङ्घ
पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ ।
रूसद्वारा इयू अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी
रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन (इयू)का अधिकारीलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता
जीवाश्म इन्धन (पेट्रोल-डिजेल)को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीव्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको विकल्पको उपयोगमा जोड दिंदै नेपालका नागरिक समाजले एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ ।
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् ।
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते
इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।