• ३ जेठ २०८३, आइतबार

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ ३ गते । झापाको अर्जुनधारामा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ । आइतबार बिहान .१०;३० बजे अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नं को मोटरसाइकल. आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कन्काई –४ बस्ने बर्ष ३५ का मनोज कुमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँबाट थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

उपचारको क्रममा आइतवार साँझ ७ः२५ बजे घाइते कुमालको नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ ।