• १९ वैशाख २०८३, शनिबार

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

blog

इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी ।

पेरिस, वैशाख १९ गते । स्वास्थ्यमा समस्या आएपछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उहाँका समर्थकले बताएका छन् । दुई दशकभन्दा बढीको अधिकार अभियानको आधारमा सन् २०२३ मा नोबेल शान्ति पुरस्कार जितेका मोहम्मदीलाई इरानका धर्मगुरु तथा अधिकारीविरुद्ध बोलेको आधारमा गत डिसेम्बरमा पूर्वी सहर मशादबाट पक्राउ गरिएको थियो ।

उहाँका समर्थकले उहाँको स्वास्थ्यको बारेमा महिनौँदेखि चेतावनी दिँदै आएको र  मार्चको अन्त्यमा उहाँलाई शंकास्पद हृदयघात भएको तर आवश्यक चिकित्सा उपचार प्राप्त भएको बताएका छन् । मोहम्मदीको फाउन्डेसनले शुक्रबार सार्वजनिक गरेकोे विज्ञप्तीमा, गम्भीर हृदयघातको उपचारका लागि जन्जानको अस्पतालमा भर्ना गरिएको जनाइएको छ । 

उहाँको परिवारले यस कदमलाई अन्तिम कार्यको रूपमा वर्णन गरेको जनाइएको छ । उहाँका वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा, मोहम्मदीलाई सुरुमा रक्तचापमा समस्या आएपछि बेहोस भएको तथा अस्पताल भर्ना गर्न चिकित्सकले अस्विकार गरेको बताउनुभएको छ । 

न्यूरोलोजिस्टका अनुसार, उहाँको हृदयघात सम्बन्धी गम्भीर समस्याको बाबजुद, उहाँको अवस्थालाई सम्बोधन गर्नु हालको प्राथमिकता भएको निलीले जनाएको बताउनु भएको छ । एक शताब्दीको पछिल्लो समयमा, ५३ वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्ड र महिलाका लागि अनिवार्य ड्रेस कोडकोबिरूद्ध अभियान चलाएकोमा बारम्बार मुद्दा चलाइ जेलमा हालिएको जनाइएको छ । रासस/एएफपी