काठमाडौँ, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कायालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले यसअघि सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसक्नु भएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यक्षदेश जारी गर्नुभएको हो ।
