• १८ वैशाख २०८३, शुक्रबार

प्रेस काउन्सिलमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना

blog

स्तनपान र महिलामैत्री शौचालयको उदघाटन गरिदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख १८ गते । प्रेस काउन्सिल नेपाल कार्यालयमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही महिलाका लागि सहज होस् भन्ने हेतुले स्तनपान कक्ष र महिलामैत्री शौचालय निर्माण गरिएको काउन्सिल सचिवालयले जनाएको छ । 

काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यालयभित्र स्थापना गरिएको स्तनपान कक्षको उद्घाटन गर्दै कुनै पनि कार्यस्थल महिलामैत्री हुनुपर्ने न्यूनतम मापदण्ड काउन्सिलले पनि स्वीकार गरेको बताउनुभयो । 

काउन्सिलमा कर्मचारी र सेवाग्राहीका लागि महिनावारीका समयमा कुनै असहज नहोस् भन्ने उद्देश्यसाथ प्याड भेण्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले कानुनमा नै कार्यालयमा स्तनपान कक्ष हुनुपर्ने, महिलामैत्री शौचालय हुनुपर्ने, अपाङ्गतामैत्री संरचना हुनुपर्ने व्यवस्था भएकाले पूर्ववत् योजनाअनुसार स्रोत साधन बजेट लगायत व्यवस्थापन गरी कार्य गरिएको बताउनुभयो । कार्यालय संरचनालाई अपाङ्गमैत्री बनाउने कार्यसमेत प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।