• १९ वैशाख २०८३, शनिबार

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

blog

भवानीदत्त भट्ट

कञ्चनपुर, वैशाख १८ गते । कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । शुक्रवार सुपप्र ०२००१ ख ०५९८ नम्बरको टिप्परको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दोधारा चाँदनी नगरपालिका –१ का विवश चुनाराको घटनास्थलमै ज्यान गएको हो । 

शुक्रवार दिउँसो दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ स्याउले बजारमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको टिप्परले सोही दिशातर्फ जाँदै गरेको युके (६ एयस ७९३) नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार चुनाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम शाहीले बताउनुभयो । 

सवारी दुर्घटनाबाट मोटरसाइकल चालक सोही ठाउँका नरेश लुहार घाइते हुनुभएको प्रनाउ शाहीले बताउनुभयो । घाइते लुहारको भारतको खटिमामा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनापछि टिप्पर चालक भने फरार छन् । फरार रहेका टिप्पर चालक बेदकोट नगरपालिका–५ धर्मपुरका जितबहादुर चौधरीको खोजीकार्य भइरहेको प्रनाउ शाहीले बताउनुभयो ।