जकार्ता, मङ्सिर ११ गते । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६-परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले जनाएको छ । युएसजिएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन ।
भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११:५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा” नभएको बताएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बिएमकेजी)ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ ।
इन्डोनेसिया, दक्षिणपूर्व एसियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ । जनवरी २०२१ मा सुलाबेँसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प जादा एक सय भन्दा बढीको ज्यान लिनुका साथै हजारौलाई घरबार विहीन बनाएको थियो । सन् २०१८ मा पालू, सुलाबेँसीमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो । रासस/एएफपी