दिगो आर्थिक सुधारका लागि संरचनागत सुधार गर्न सुझाव
वर्तमान आर्थिक सूचक सकारात्मक देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको अवस्थामा दिगो आर्थिक सुधारका लागि संरचनागत कदम चाल्नुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्र बैङ्क सोमबारदेखि ७१ औँ वर्षमा प्रवेश गरेका अवसरमा आयोजित समारोहमा पूर्वगभर्नर डा. युवराज खतिवडाले अर्थतन्त्रका बाह्य सूचक सामान्य देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको उल्लेख गर्नुभयो ।
एमआरपीको अनिवार्यता अव्यावहारिक : नाडा
अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले वस्तुमा अधिकतम खुद्रा मूल्य सूचीसहितको स्टिकर टाँस्ने कुरा व्यावहारिक नभएको तर्क गरेको छ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र नाडाका प्रतिनिधिबिच सोमबार भएको छलफलमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको हकमा यो व्यवस्था कार्यान्वयन गर्न समस्या नभए पनि एउटै बाकसभित्र सयौँको सङ्ख्यामा आउने स्पेयर पार्टस्मा छुट्टाछुट्टै स्टिकर टाँस्न सम्भव नहुने तर्क गरिएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
‘आर्थिक सुधारको काम सुरु भइसक्यो’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक सुधारका कदम अघि बढाइसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको सोमबारको भेटमा अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गरिसकिएको, करका दर घटाउने योजना रहेको भन्दै अब राजस्व बढ्न, रोजगारी सिर्जना हुन र अर्थतन्त्रको आकार विस्तार हुन आवश्यक रहेको बताउनुभएको हो ।
लगानी बोर्डमा खुल्यो एकल विन्दु सेवा केन्द्र
लगानीकर्ताले निर्धारित पोर्टलबाटै प्रस्ताव पेस गर्न सक्ने गरी लगानी बोर्ड नेपालले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले त्यस्तो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
दुई फर्मलाई चार लाख दस हजार जरिबाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई चार लाख १० हजार रुपियाँ जरिबाना गरेको छ । विभागले सोमबार काठमाडौँका १५ वटा उद्योग तथा व्यवसायी प्रतिष्ठानमा आकस्मिक अनुगमनका क्रममा ठमेलको बेस्ट सपिङ सेन्टर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित कान्तिपुर क्याफे प्रालिलाई जरिबाना गरेको हो ।
एसोसिएट वेलकम इन्टरनेसनललाई दुई लाख जरिबाना
वैदेशिक रोजगार विभागले एसोसिएट वेलकम इन्टरनेसनल नामको वैदेशिक रोजगार कम्पनीलाई दुई लाख रुपियाँ जरिबाना गरेको छ । उक्त कम्पनीले कानुनविपरीतको गतिविधि गरेको, विभागको पूर्वस्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरेको र सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको भेटिएपछि विभागको अनुगमन टोलीले सो जरिबाना गरेको हो । यसै गरी विभागको अनुगमन टोलीले वैदेशिक रोजगारसम्बन्धी प्रचलित कानुन, विभागको आदेश तथा निर्देशन पालना नगर्ने मास ह्युमन रिसोर्स र टेस्ला ओभरसिज म्यानपावर कम्पनीलाई आउँदा दिनमा यस्ता गतिविधि नदोहो¥याउन सचेत गराएको छ । यी दुवै कम्पनीबाट आउँदा दिनमा यस्तै प्रकारका गतिविधि दोहोराएमा एसोसिएट वेलकम इन्टरनेसनललाई जस्तै आर्थिक जरिबाना र कम्पनी नै खारेजीसम्म गर्न सकिने गरी निगरानी गरिरहने विभागले जनाएको छ ।
चियाको आयातनिर्यात दुवै बढ्यो
मुलुकमा चियाको आयातनिर्यात दुवै बढेको छ । स्वदेशी उत्पादन बाहिरी मुलुकमा निर्यात हुने र बाहिरी मुलुकबाट नेपालमा चिया आयात हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दा निर्यातमा वृद्धि भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कले देखाएको छ । उच्च प्रशोधन प्रविधिबाट प्रशोधन भएको चिया उपभोक्ताको रोजाइमा पर्ने भएकाले चिया आयातसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा उत्पादन भएको ४५ प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने र बाँकी निर्यात हुने गर्छ । नेपालमा उत्पादित ८५ प्रतिशत चिया भारतमा निर्यात हुने र आयात पनि भारतबाट धेरै हुने गर्छ ।
स्रष्टा मुलुकका पुँजी : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले स्रष्टाहरू मुलुकको अमूल्य पुँजी र पहिचान भएकाले भाषा, साहित्य र संस्कृतिको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा सोमबार आयोजित एक विशेष समारोहबिच ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
नीतिगत सुधारमार्फत रूपान्तरणको प्रतिबद्धता
लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा विगतमा राज्य बजार सम्बन्धको विशेषता बन्दा अर्थतन्त्र पहुँचवालाको नियन्त्रणमा पुगेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले सक्षम उद्यमी र नयाँ प्रवेशकर्तालाई निरुत्साहित गरेर अर्थतन्त्र पहुँचमा आधारित संचरनातर्फ उन्मुख गराएको उल्लेख गरेको छ ।
सुकुम्वासीसँगै पशुपन्छीको उद्धार
बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका बेला मानिस आफ्नो ज्यान जोगाउन व्यस्त हुँदा घरपालुवा पशुपन्छी बेवारिसे बन्ने समस्या नेपाली समाजमा लामो समयदेखि देखिँदै आएको छ । यस्ता सङ्कटका घडीमा पशुपन्छीको सुरक्षा, संरक्षण र व्यवस्थापन प्रायः ओझेलमा पर्ने गरेको यथार्थ नयाँ होइन । तर पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका खोला किनारमा अतिक्रमण गरी बसेका सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले मानवीय पक्षसँगै पशुपन्छी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । विपत् तथा बस्ती स्थानान्तरण सन्दर्भमा पशु कल्याणप्रति सरकारी दृष्टिकोणमा क्रमशः सुधार हुँदै गएको सङ्केत गरेको छ ।
सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने
मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ ।
डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबिच ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच 'नेपाल डिजिटल रूपान्तरण परियोजना' कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थतन्त्रमा गहिरो सुधारका लागि ‘सर्जरी’ आवश्यकः युवराज खतिवडा
काठमाडौँ, वैशाख १४ गते । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान अर्थतन्त्र वाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैँकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिव २–३ प्रतिशतको हाराहारीमा रहेको भए पनि त्यो त्यति सकारात्मक नरहेको बताउनुभयो । उहाँका अनुसार चार–साढे चार प्रतिशत वृद्धि भएको भए राम्रो मानिन्थ्यो, अहिलेको अवस्था औसत मात्रै हो । खतिवडाले विगतमा रहेको अत्यधिक कर्जा र तरलताको समस्या अहिले केही हदसम्म समाधान भएपनि सुधार स्वाभाविक नभएको समेत बताउनुभयो । खतिवडाका अनुसार अहिलेका समस्याहरूको समाधान सानासाना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठुला संरचनात्मक सुधार अर्थात ‘सर्जरी’ आवश्यक छ । नेपालको मुख्य समस्या व्यावसायिक वातावरण कमजोर हुनु हो । लगानी सुरक्षित हुन्छ भन्ने विश्वास सिर्जना गर्न नसक्दा निजी क्षेत्र निरुत्साहित भएको उहाँले बताउनुभयो । सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उहाँको भनाइ छ । खतिवडाका अनुसार नेपाल अहिले “लिक्विडिटी ट्रयाप” जस्तो अवस्थातर्फ पुगेको छ ।जहाँ ब्याजदर ऐतिहासिक रूपमा न्यून भए पनि कर्जा प्रवाह बढ्न सकेको छैन । विगतमा १८–२२ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा विस्तार २० प्रतिशतसम्म पुगेको उदाहरण छ, तर अहिले करिब ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा माग नबढ्नु अस्वाभाविक स्थिति रहेको उहाँको भनाइ छ ।पूर्वगर्भनर समेत रहनुभएका खतिवडाले भन्नुभयो, “अहिले अर्थतन्त्र यसो सरसर्ती हेर्दा वाह्य क्षेत्र राम्रो छ, मूल्य ठीक छ । आर्थिक वृद्धि पनि दुई–तीन प्रतिशतको बिचमा छ । चार साढे–चार भएको भए ठिकै हुन्थ्यो । तीनको वरिपरि हुन्छ आदि इत्यादि भनिरहेका छौँ ।क्रेडिटको पनि पहिले एकदमै क्रेडिट ओभरह्याङ थियो, स्पिल ओभर थियो, अब अहिले ठिकै भएको छ, यी सबै भनौँला हामी । तर हामीले अर्थतन्त्र हेल्दी रूपले मोटाएको हो कि सुनिएको हो, यो चाहिँ बुझ्नुपर्छ । अर्थतन्त्रको जुन स्वस्थता हामीले भन्छौँ, त्यो स्वाभाविक स्वस्थतामा अर्थतन्त्र छैन । समस्याका चाङहरू छन् । व्यावसायिक वातावरण हामीले बनाउन सकेका छैनौँ । व्यावसायिक वातावरण बनाएर लगानीकर्तालाई प्रोत्साहित गर्ने र लगानी सुरक्षित हुन्छ भन्ने वातावरण नबनाइन्जेलसम्म राष्ट्र बैँकले दिएका सानातिना फिजियोथेरापीले काम गर्नेवाला छैन । फिजियोथेरापीले धेरै काम गर्ने छैन, सर्जरी गर्नुपर्ने अवस्था छ । अलि ठुलै अपरेसन गर्नुपर्ने अवस्था छ ।”खतिवडाले समस्या केवल नेपाल राष्ट्र बैँकको नीतिमा सिमित नभई राजनीतिक, सरकारी र निजी क्षेत्र सबै तहमा रहेको बताउनुभयो । उहाँले विगतमा व्यवसायीमाथि भएको धरपकड र असुरक्षाले लगानी वातावरण बिग्रिएको उल्लेख गर्दै त्यसको सुधार नगरेसम्म आर्थिक गतिविधि नबढ्ने बताउनुभयो । खतिवडाका अनुसार कर्जाको गुणस्तर र उत्पादक उपयोगलाई ठुलो चुनौती छ । विगतमा कर्जा २५ प्रतिशतले बढ्दा पनि आर्थिक वृद्धि २–४ प्रतिशतमा सीमित भएको उदाहरण दिँदै उनले कर्जाको प्रभावकारिता कमजोर रहेको उहाँको भनाइ छ । उहाँका अनुसार वर्किङ क्यापिटल, टिआर लोन, विपन्न वर्ग कर्जा तथा निर्देशित कर्जा कार्यक्रमहरू सबैको पुनरावलोकन आवश्यक छ । खतिवडाले निर्देशित कर्जा कार्यक्रमलाई सानो–सानो खण्डमा विभाजन गर्नुको सट्टा उत्पादनशील क्षेत्रहरूमा समग्र ‘प्याकेजिङ’ गरेर कर्जा प्रवाह गर्न सुझाव दिनुभयो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
वैदेशिक रोजगारीमा जाने धेरै
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा धेरै धनुषाका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा धनुषाबाट मात्रै २८ हजार ५८२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।
‘साना तथा मझौला व्यवसायी अर्थतन्त्रको मेरुदण्ड’
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ साधारण सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
तीन गाडीको भार एउटै ट्रकमा
मर्यादपुर नाका हुँदै नेपाल प्रवेश गरेको भारतीय नम्बर प्लेटको एक मालवाहक ट्रकमा अनुमतिभन्दा करिब तीन गुणा बढी माल ढुवानी गरिएको फेला परेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचमा उक्त ट्रकले तीन वटा सवारीसाधनमा बोक्नुपर्ने माल एउटै ट्रकमा ओभरलोड गरेको पाइएको हो । युपी ७० एफटी २६२६ नम्बरको ट्रकले नियम अनुसार २७.५ टनसम्म मात्र माल ढुवानी गर्न पाउने भए पनि भन्सारको कागजात अनुसार सोही ट्रकमा ६९.९ टन सामग्री फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
नौ महिनामै बाहिरियो ३४ अर्ब
साउनदेखि चैतसम्म मोबाइल आयातका लागि नेपालबाट करिब ३४ अर्ब रुपियाँ बाहिरिएको छ । यो रकम पछिल्लो एक दशकमै सर्वाधिक बढी हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको तथ्याङ्क अनुसार नेपालले यो अवधिमा ३३ अर्ब ८२ करोड रुपियाँको स्मार्टफोन आयात गरेको छ । यसबाहेक ७२ करोड २२ लाख रुपियाँको अन्य प्रकृति (बार तथा फिचर फोन) का मोबाइल आयात भएको भन्सारको तथ्याङ्क छ । गत आर्थिक वर्षभर ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्टफोन आयात भएको थियो । चालु वर्ष पूरा हुन तीन महिना बाँकी रहेको र भन्सारमा सरकारले कडाइ गरेका कारण यस वर्ष स्मार्टफोनको आयात गत आवभन्दा स्वाभाविक बढी हुने व्यवसायीहरूको भनाइ छ ।
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।